१४ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोटेश्वर–कलङ्की सडकमा सामान्य सुधार

अ+ अ-

ललितपुर । कोटेश्वर–कलङ्की सडकमा चालक र यात्रुलाई सहज बनाउनका लागि सामान्य सुधारका काम शुरु भएको छ ।

चिनियाँ निर्माण कम्पनीले सडक विस्तारको काम सम्पन्न गरेर हस्तान्तरण गरेसँगै सुधारका काम शुरु भएको सडक विभागले जनाएको छ । सो सडकमा कुन कुन कुरा यात्रु र चालकका लागि सहज छैन भनेर पहिचान भइसकेको वैदेशिक सहयोग समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले बताए ।

आकाशेपुल निर्माणको काम अहिले भइरहेको छ भने जेब्राक्रसिङ निर्माण, डिभाइडर राख्नेलगायत काम चाँडै हुने उनले बताए । उनले भने, ‘सडक सुरक्षाका लागि आवश्यक कुराहरु थपेर यो सडक सुरक्षित बनाउन लागिएको हो ।’

उनका अनुसार शहरी सडकमा कम दूरीमा नै ‘जेब्राक्रसिङ’ चाहिने भएकाले यो सडकखण्डमा पनि ठाउँठाउँमा ‘जेब्राक्रसिङ’ निर्माण गर्ने योजना छ । यात्रुलाई बाटो काट्न सजिलो होस् भनेर नै एक–एक किलोमिटरको दूरीमा पर्ने गरेर आकाशेपुलको निर्माण भइरहेको उनले बताए ।

विभिन्न स्थानमा सडकमा रङ लगाउनेलगायत काम गरिने बताइएको छ । चीनमा सडक चिह्नले मात्रै डिभाइडरको काम गर्ने भए पनि नेपालमा त्यसले मात्रै लेन अनुशासन कायम नहुने हुँदा समस्या भएको महाशाखाका प्रमुख श्रेष्ठले बताए । उनले भने, ‘यहाँ पर्खाल लगाउने वा भौतिक अवरोध चाहिन्छ भन्ने हाम्रो मान्यता छ ।’

चक्रपथकै दोस्रो खण्डका रुपमा कलङ्कीदेखि महाराजगञ्जसम्मको सडक निर्माणका लागि विस्तृत परियोजना अध्ययन (डिपिआर)को काम भइरहेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस