काठमाडौँ । वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले निजी वनको व्यवस्थापन र प्रवर्द्धनका लागि काम गरिरहेको बताएका छन् ।
पारिवारिक निजी वन संघ, नेपालको ५औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले पारिवारिक निजी वनको योगदान र सम्भावनाको कदर गर्दै राष्ट्र निर्माणको अभियानमा जोड्दै लैजाने प्रतिबद्वतासमेत व्यक्त गरेका हुन् ।
‘मन्त्रालयले निजी वनको व्यवस्थापन र प्रर्बधनका लागि काम गरिरहेको छ’ मन्त्री बस्नेतले भने ‘पारिवारिक निजी वनको योगदान र सम्भावनाको कदर गर्दै राष्ट्र निर्माणको अभियानमा यसलाई जोड्दै लैजाने प्रतिबद्वता व्यक्त गर्दछु ।’
राष्ट्रिय योजना आयोगका सदस्य, कृष्णप्रसाद ओलीले दिगो विकासको लक्ष्य प्राप्ति र दिगो वन व्यवस्थापनको लागि पारिवारिक निजी वन संघ, नेपाल आशा लाग्दो पक्ष भएको बताएका छन् ।
करिब ३२००० परिवार पारिवारिक निजी वनमा आश्रित रहेको तर उनीहरूको आफ्नो वन माथिको स्वामित्व खतरामा रहेको बताउँदै ओलीले भने, ‘हुर्काइएको वन काट्न र बेच्न दुवै नपाइने नपाइने, नीतिगत समस्या रहेको छ ।’
उनले वन विस्तारका लागि प्राविधिक दक्षताको पनि कमी रहेको बताउँदै समस्याको समग्र समाधानका लागि राज्यले स्पष्ट नीतिको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
पारिवारिक निजी वन सङ्घका केन्दि«य अध्यक्ष जोगराज गिरीले पारिवारिक निजी वन किसानहरूको सम्पत्ति माथिको अधिकार स्थापना र कृषि बाली सरह रुख तथा काठहरू बेच्न पाउने अधिकारको सुनिश्चितता गर्दै समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय नारामा टेवा पु¥याउन आउँदा दिनहरूमा पनि सम्पूर्ण सरोकारवालाहरूको यस्तै साथ र सहयोगका लागि आह्वान गरे ।
बन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा व्यवस्थापिका संसद्का सदस्यहरू लगायत ८० जना सरोकारवाहरुको सहभागिता रहेको थियो ।
नेपालभरि छरिएर रहेका पारिवारिक र निजी वनमा आश्रित किसान, परिवार र उद्यमीहरूको अधिकार रक्षा गर्दै थप अधिकार प्राप्तिका लागी नीति निर्माण प्रक्रियामा उनीहरूको सक्रिय सहभागिता र पहुँच विस्तार गर्ने उद्देश्यले किसानहरूको छाता सङ्गठनको रूपमा पारिवारिक निजी वन सङ्घ, नेपाल (एफ्फोन) स्थापना भएको हो ।
२०७१ साल फागुन २४ गते स्थापना गरिएको एफ्फोन हाल ४६ जिल्लामा विस्तार छ ।