१५ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाबुको काजकिरिया गर्दै छोरी

अ+ अ-

बेझाड । परम्परावादी सोचले हाम्रो समाज अझै पनि अन्धविश्वास र रुढिवादीले जेलिएको छ । पुरानो संस्कार र संस्कृतिले जकडिएको हाम्रो समाजमा परिवर्तन ल्याउने कुरा गर्न जति सजिलो भएपनि व्यवहारिकरुपमा प्रयोगमा ल्याउन त्यति सहज छैन ।

समाजमा मर्दापर्दा होस् या कुनै पनि शुभकार्य गर्दा होस्, पुरानै सोचका साथ समाज अझै पनि चलिरहेको छ । तर पाल्पाको रामपुर नगरपालिका–४ बाङ्गेपसल सिन्दुरेटार बस्ने २७ वर्षीया अविवाहित नौकला विकले कपाल फालेर सेतो बस्त्रमा बाबुको काजकिरिया गर्दै छिन् ।

छोरीले कपाल फालेर छोरासरह नै काजकिरिया गरेको देख्दा समाजमा धेरै चर्चा हुन थालेको छ । रामपुर क्षेत्रमा छोरीले बाबुआमाको काजकिरिया गरेको बिरलै घटना भएकाले पनि केहीले आश्चर्य मान्दै हेर्न आउने गरेको नौकलाले बताइन् ।

नौकलाले आफ्नो बाबुको पार्थिक शरीरमा दागबत्ति दिएर हिन्दूधर्म परम्पराअनुसार काजकिरिया गरिरहेकी छन् । अभिभावकका लागि छोराछोरी दुवै बराबरी हुन्, समाजको हेर्ने दृष्टिकोण सङ्कुचित रहेकाले अनौठो लागेको हुन सक्दछ’ नौकला भन्छन्, ‘बुबाले छोरासरह नै काम गर्नु, छोरी हुँ भनेर कहिल्यै पनि पछाडि नहट्नु भन्नुहुन्थ्यो ।’

बाबुको अर्ति उपदेशलाई अनुशरण गर्दै समाजको पुरानो मान्यता हटाएर भाइसँगै बसेर कपाल फालेर बाबुको नाममा हिन्दू परम्पराअनुसार काजकिरिया गरिरहेको उनी बताउछिन् । आइतबहादुरकी श्रीमती र १७ वर्षीय कान्छी छोरी विनिता विक पनि सामाजिक परम्पराअनुसार सेतो बस्त्रमा काजकिरियामा बसेकी छन् ।

प्रतिक्रिया दिनुहोस