१५ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिलाका अधिकार कार्यान्वयन गरिनुपर्दछ : सभामुख अधिकारी

अ+ अ-

कास्की । गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले लैङ्गिक, वर्गीय र जातीयलगायतका शोषण, उत्पीडन र विभेदको अन्त्य नगरेसम्म समृद्ध नेपालको स्थापना नहुने हुँदा सबैमा समानता कायम गर्दै समृद्धिको यात्रामा अघि बढ्नुपर्ने बताएका छन् ।

प्रदेशसभा सचिवालयको आयोजनामा १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) का अवसरमा आज प्रदेशसभा सचिवालय भवनमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, ‘संविधानले महिलालाई सम्पूर्ण अधिकार प्रदान गरेको छ । यसमा कुनै कमी छैन, अबको खाँचो कार्यान्वयन गर्नु मात्र हो ।’

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले महिला अधिकार सुनिश्चितता र त्यसको कार्यान्वयनमा तीनै तहका सरकारबाट एकीकृत पहलको खाँचो औँल्याए । उपसभामुख सिर्जना शर्माले महिलालाई उपाध्यक्ष, उपसभामुख जस्ता पदमा मात्र सीमित गर्न नहुनेमा जोड दिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारी, सार्वजनिक लेखा समितिका सभापतिकुमार खड्का, प्रदेशसभा सदस्य आशा कोइराला, प्रभा कोइराला, सरिता गुरुङलगायतले संविधानले निर्दिष्ट गरेका अधिकारको कार्यान्वयन गरिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस