भक्तपुर । भक्तपुर सूर्यविनायक नगरपालिका-८ आदर्शचोक बस्ने ४२ वर्षीय गोविन्दप्रसाद छुक्काको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ ।
भक्तपुर नगरपालिका-७ गोलमडीस्थित केशव कवाङको घरमा विजुली मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।