१५ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गान्धीको जीवनी विश्वका लागि शान्तिको सन्देश

अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवले भारतका अहिंसावादी नेता महात्मा गान्धीको जीवनी विश्वका लागि शान्तिको सन्देश भएको धारणा व्यक्त गरेका छन् ।

भारतको सँस्कृति मन्त्रालय र नेपालस्थित भारतीय राजदूतावासद्वारा आज नेपाल कला परिषद्मा आयोजित गान्धीको तस्बीर प्रदर्शनीको उद्घाटन गर्दै उनले अहिंसा र शान्तिका माध्यमबाट पनि ठूलो परिवर्तन ल्याउन सकिन्छ भन्ने सन्देश गान्धीबाट पाउन सकिने धारणा व्यक्त गरे । उनले भारतमा जनता र विद्वान समुदायलाई जोड्ने काम मात्र नभई हिन्दू र मुसलमान समुदाय पनि मिलेर बस्नुपर्ने प्रेरणा गान्धीबाट मिलेको छ भने ।

गान्धी विचारधाराबाटै प्रभावित भएर आफूले पनि नेपालमा सबै समुदाय मिलेर देश बनाउन लाग्नुपर्ने विचार व्यक्त गर्दै आएको पूर्वराष्ट्रपति यादवको भनाइ थियो ।

कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुङ्गानाले गान्धी शताब्दीकै सर्वमान्य नेता भएको विचार व्यक्त गर्दै दक्षिण एशियाको शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनमा गान्धीको ठूलो योगदान रहेको बताए। सांसद प्रदीप गिरीले गान्धीको शान्तिपूर्ण र अहिंसावादी आन्दोलन भारतका लागि मात्र नभई सबैका लागि प्रेरणाको स्रोत भएको विचार व्यक्त गरे ।

कांग्रेसका पुराना नेता सागरशम्शेर राणा र स्वामी विवेकानन्द संस्कृति केन्द्रका निर्देशक प्रा केदारनाथ शर्माले गान्धीको शान्तिको सन्देश आज पनि सबैका लागि प्रेरणाको स्रोत भएको धारणा व्यक्त गरे । परिषद्मा गान्धीको जीवन झल्किने विभिन्न तस्वीर प्रदर्शनीमा राखिएका छन् । नेपालमा भारत महोत्सवअन्तर्गत आयोजना गरिएको प्रदर्शनी यही फागुन २९ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस