१५ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकी मेडिकल कलेजका सीईओ र परीक्षा नियन्त्रक पक्राउ

अ+ अ-

चिप्लेढुङ्गा । पोखराको गण्डकी मेडिकल कलेजका पूर्वप्रमुख कार्यकारी अधिकृत सन्तोषप्रसाद खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

कलेजमा अध्ययनरत विद्यार्थीले एमबिबिएसमा बढी शुल्क लिएको भन्दै कलेज सञ्चालक समितिका अध्यक्षसहित १० जनालाई ठगीसम्बन्धी उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

जिल्ला अदालतको अनुमतिपछि १० जनालाई पक्राउ पुर्जी जारी गरेर खनाल र शर्मालाई उनको निवासबाट बुधबार राति पक्राउ गरिएको र बाँकी आठ जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।

विद्यार्थीले गण्डकी मेडिकल कलेज सञ्चालक समितिका अध्यक्ष खुमा अर्याल, प्रमुख प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रिन्सिपल डा.रवीन्द्र श्रेष्ठ, फाइनान्सियल कन्ट्रोलर युवराज शर्मा, स्टोर किपर कृष्ण पौडेल, लेखाका हरि पौडेल, कर्मचारी दिनेश पौडेल र तिलक पौडेलविरुद्ध उजुरी दिएका थिए ।

आफूहरुबाट रु ५५ करोडभन्दा बढी ठगी गरेको भन्दै अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, शुल्क तिरेपछि बिल– भौचर दिनुपर्ने लगायत चारबुँदे माग राखेर कलेजका पाँच सय बढी विद्यार्थी एक महिनादेखि आन्दोलनमा छन् ।

प्रतिव्यक्ति रु आठदेखि १८ लाखसम्म बढी रकम असुल्ने गरेको विद्यार्थीको आरोप छ । आन्दोलनका क्रममा कलेजको बहिरङ्ग सेवाको कार्यकक्षमा विद्यार्थीले तालाबन्दी गरेसंँगै करीब एक महीनादेखि सो सेवासमेत प्रभावित भएको छ ।

सरकारले काठमाडौँ उपत्यका बाहिरका मेडिकल कलेजमा एमबिबिएसको शुल्क रु ४२ लाख शुल्क निर्धारण गरे पनि कलेजले भने रु ५५ लाखसम्म असुल्ने गरेको विद्यार्थीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस