१६ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छाउपडीसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा बैठकमा छाउपडी प्रथा अन्त्यका लागि संघीय तहदेखि स्थानीय तहसम्म विशेष अभियान सञ्चालन गरी कानून कार्यान्वयनमा जोड दिनुपर्ने भन्दै जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद विन्दा पाण्डेले सो प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले छाउपडी प्रथाको अन्त्य गर्न महिला र पुरुष दुवैलाई सचेत गराउनुपर्ने बताए ।

देउता रिसाउने भन्ने चिन्ताले धर्म–संस्कृतिसँग जोडिएकाले छाउपडी प्रथाले समाजमा जरा गाडेर बसेको बताउँदै उनले यस चिन्ताबाट मुक्त हुनुपर्ने धारणा व्यक्त गरे ।

सरकार यसबारे गम्भीर र संवेदनशील रहेको बताउँदै मन्त्री थापाले छाउपडी प्रथा अन्त्य गर्न स्थानीय तह र सरोकार भएका निकायसँग सहकार्य गरी विभिन्न कार्यक्रम सञ्चालन गर्न सरकार लागिपरेको जानकारी गराए ।

सांसद विन्दा पाण्डेले सो प्रस्ताव प्रस्तुत गर्दै नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित अन्धविश्वासमा आधारित छाउपडी प्रथाका कारण सुत्केरी तथा महिनावारी भएका महिलाले अपमान र अमानवीय व्यवहार सहनु परेको बताए ।

उनले छाउपडी प्रथाका कारण महिलाले बर्सेनी बलात्कार र हिंसाको शिकार हुनु परेको बताउँदै फौजदारी कानून बनेर कार्यान्वयनमा आइसक्दा पनि कुसंस्कारको अन्त्य नभएकाले उक्त रूढिवादी प्रथाको अन्त्यका लागि संघीय तहदेखि स्थानीय तहसम्म विशेष अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

उक्त प्रस्तावको समर्थन गर्दै सांसद रङ्गमती शाही, नरबहादुर धामी र लालबहादुर थापाले छाउपडीजस्तो कुप्रथाको अन्त्यका लागि राज्य गम्भीर हुन आवश्यक रहेको बताए ।

साथै उनीहरुले विज्ञान र प्रविधिको आजको २१औँ शाताब्दीमा पनि महिला छाउपडी कुप्रथाको शिकार हुनु दुभाग्यपूर्ण भएको बताउँदै समाज कुप्रथाबाट मुक्त नभएसम्म सभ्य समाज निर्माण हुन नसक्नेमा जोड दिए ।

प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरु रेखा शर्मा, गङ्गा चौधरी सत्गौवा, आशाकुमारी बिक, विमला बिक, कृष्णभक्त पोखरेल, दिव्यमणि राजभण्डारी, नवराज सिलवाल, यशोदा गुरुङ सुवेदी, उमा रेग्मी, गोपालबहादुर बम, रामकुमारी झाँक्री, झपटबहादुर रावल, मोहन बाँनिया, नारायणप्रसाद खतिवडा, रामबहादुर विष्ट, सुजाता परियार, लक्ष्मी परियार, रेणुका गुरुङ, नवराज रावत, गजेन्द्रबहादुर महत, बिमला नेपाली, प्रेम सुवाललगायतले छाउपडीजस्तो कुप्रथा अन्त्यका लागि महिलाले मात्रै अभियान चलाएर प्रभावकारी नहुने भन्दै सबैले काँधमा काँध मिलाएर एकसाथ अघि बढ्नुपर्ने धारणा राखे ।

आजै यसअघि विशेष समयमा सांसदहरुले अस्थायी शिक्षकको आन्दोलनबारे उठाएको विषयप्रति सभामुख कृष्णबहादुर महराले आफनो ध्यानाकर्षण भएको जनाउँदै उक्त विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउने जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस