१६ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा लगानी गर्न उपराष्ट्रपति पुनको आग्रह

अ+ अ-

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा हुने लगानी सम्मेलन र भ्रमण वर्ष २०२० लाई सफल पार्न अमेरिकाको सहयोग रहने विश्वास व्यक्त गरेका छन् । उपराष्ट्रपति कार्यालयमा आज नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले उनीसँग गरेका शिष्टाचार भेटमा उपराष्ट्रपतिले अमेरिकी लगानीकर्तालाई नेपालमा लगानीका लागि पहल गर्न आग्रह गरे ।

उनले भने, ‘नेपालमा लगानीमैत्री वातावरण बनेको छ । राजनीतिक स्थायित्वसँगै कानून र नियम लगानीमैत्री बनेका छन्, लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ता आऊन्, लगानी गरुन् भन्ने हाम्रो आग्रह छ । ‘उपराष्ट्रपतिले नेपाल र अमेरिकाको सम्बन्धलाई थप प्रगाढ बनाउन उच्चस्तरीय भ्रमण आवश्यक रहेको बताएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

उनले मिलिनियम च्यालेन्ज कोपरेशन (एमसिसी) सम्झौताबाट नेपालले धेरै लाभ लिने बताउँँदै त्यसका लागि धन्यवाद दिए । नेपाल राजनीतिक स्थिरता हासिल गरेर विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको उल्लेख गर्दै उनले भने,’अबको हाम्रो प्राथमिकता लोकतन्त्रको सुदृढीकरण, आर्थिक सामाजिक रुपान्तरणसहितको विकास र समृद्धि हो, नेपालको समृद्धिको यात्रामा अमेरिकाको साथ सहयोग रहनेमा विश्वस्त छौँ ।’

भेटमा अमेरिकी राजदूत बेरीले अमेरिका र नेपालको सम्बन्ध चासो, मूल्य र मान्यतामा आधारित रहेको बताए । नेपालको सुरक्षा चासो र प्राथमिकता नै अमेरिकाको चासो र प्राथमिकता रहेको बताउर्दै उनले नेपालले सार्वभौम र स्वतन्त्र रुपमा आफ्नो र विश्वको बारेमा निर्णय लिन सकोस् भन्ने अमेरिकाको धारणा रहेको बताए ।

‘अमेरिका नेपालको लोकतन्त्र सुदृढ् भएको, जनताको आकांक्षाहरु पूरा भएको, राजनीतिक स्थायित्व हासिल भएको देख्न चाहन्छ’–उनले भने, ‘नेपालले सार्वभौम रुपमा आफ्नो निर्णय गर्न सकोस्, स्वतन्त्र रुपमा विश्वमै आफ्नो निर्णय लिन सकोस् ।’

राजदूत बेरीले नेपालमा लगानी गर्ने वातावरण बनेको बताउँदै मिलिनियम च्यालेन्ज कोअपरेशन (एमसिसी) सम्झौता हुनु यसको प्रमाण हो भने । उनले नेपालको लगानी सम्मेलन र भ्रमण वर्ष २०२० सफल पार्न आफू र अमेरिकाको पूर्ण सहयोग रहने बताए ।

प्रतिक्रिया दिनुहोस