३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद्लाई कर्मकाण्डी होइन, कामकाजी बनाऔँ : डा. भट्टराई

अ+ अ-

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले स्थानीय तह र प्रदेशमा कर्मचारीको अभाव एवं प्रदेश नामकरणमा सर्वसाधारणको असन्तुष्टि रहेको बताएका छन् । तिनिधिसभाको आजको बैठकको विशेष समयमा आफ्नो केही समयअघिको अमेरिका, युरोप र नेपालको मध्यपहाडी क्षेत्रको भ्रमणबारेमा सदनलाई जानकारी दिँदै उनले मध्यपहाडी लोकमार्गको निर्माणलाई तीव्रता दिन सुझाव दिए ।

उनले भने, ‘मुलुकमा विभिन्न स्थानमा खानेपानी र सिँचाइको समस्या देखिएको छ, त्यसलाई सम्बोधन गर्न जलउपयोग नीति बनाउनुपर्छ, शिक्षकको दरबन्दीलाई पनि व्यवस्थित तुल्याउन निकै आवश्यक देखिएको छ, शिक्षा क्षेत्रलाई व्यवस्थित तुल्याउन शल्यक्रिया गर्नुपर्छ ।’

कृषि उत्पादन बढाउन तथा कृषकलाई उत्प्रेरित गर्न छुट र राहतका कार्यक्रम ल्याउन आवश्यक रहेको बताउँदै पूर्वप्रधानमन्त्री भट्टराईले मुलुकमा नमूना बनाउने भनेर घोषणा गरेका स्थानमा आवश्यक पूर्वाधार निर्माणको काम भएको देखिएन भने ।

मुलुकका कतिपय स्थानमा रहेको पुरातात्विक वस्तुको संरक्षण र पुनःनिर्माणको काम हुन आवश्यक रहेको बताउँदै उनले प्राकृतिक प्रकोपको दोहनलाई रोक्न राज्यले आवश्यक ध्यान दिनुपर्छ भने ।

‘विश्व स्वतन्त्रताको दुनियाँमा प्रवेश गरेकाले युग परिवर्तनको चेतलाई बुझेर देशलाई समृद्ध तुल्याउने अभियानमा सहभागी हुन तथा विश्व अर्थ व्यवस्था अघि बढाउन परराष्ट्रनीतिलाई गतिशील तुल्याउन आवश्यक छ’, उनले भने ।

राजनीतिक प्रणालीमा सुधार गरी प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न तथा सदाचारको नीतिलाई प्रवर्द्धन गर्न पनि उनले सुझाव दिए । राष्ट्रिय विकासका लागि राष्ट्रिय रणनीति तय गर्न संसद्ले पहल गरोस् भन्दै भट्टराईले संसद्लाई कर्मकाण्डीक रुपमा होइन वास्तविक बहस गर्ने थलोको रुपमा विकास गर्न आह्वान गरे।

प्रतिक्रिया दिनुहोस