३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समृद्धिमा युवावर्गको महत्वपूर्ण भूमिका : उपसभामुख शर्मा

अ+ अ-

पोखरा । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले समाजका विकृति विसङ्गतिको अन्त्य गर्दै मुलुकलाई समृद्ध बनाउन युवावर्गको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

शिवरात्रि पर्वको अवसरमा अरुणोदय युथ क्लब पोखरा–७ द्वारा सोमबार आयोजित छैटौँ महाशिवरात्रि घारीपाटन साँझको उद्घाटन कार्यक्रममा उनले शिवरात्रि कुलत, हिंसा र अहङ्काररहित पर्वको रूपमा मनाउनुपर्नेमा जोड दिए। जनअपेक्षाअनुरूप गरिने गतिविधिले सङ्घीय व्यवस्था बलियो हुने बताउँदै उनले त्यसका लागि तीनवटै सरकार जिम्मेवार भएर विकास निर्माणमा जुट्नुपर्ने उल्लेख गरे ।

पोखरा महानगरपालिका–७ का वडाध्यक्ष रामचन्द्र बरालले घारीपाटन क्षेत्रलाई आगामी तीन बर्षभित्र धुले माटोरहित बनाउने प्रतिबद्धता व्यक्त गर्दै विकास निर्माण वडावासीको सहयोग आवश्यक रहेको उल्लेख गरे ।

महानगर सहकारी व्यवस्थापन समिति संयोजक तेजनारायण अधिकारीले क्लबले गर्ने प्रत्येक गतिविधिले युवावर्गलाई कुलतमा लाग्नबाट जोगाउन सहयोग पुग्ने उल्लेख गरे । क्लबका अध्यक्ष सुरेश गुरुङ, महानगर न्यायिक समितिका सदस्य किशोर बराल, नेका वडा सभापति नवीन बराल, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत अनिलकुमार शाही, क्लबका उपाध्यक्ष घनश्याम लामिछानेलगायतले कला, संस्कृतिको जगेर्ना गर्न यस्ता पर्वले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको चर्चा गरे ।

कार्यक्रममा समाजका ज्येष्ठ नागरिक ९६ वर्षीय हस्तबहादुर घले र ९६ वर्षीय बलमाया गुरुङलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो भने नृत्य प्रशिक्षकद्वय प्रकृति गुरुङ र रोहिवी राई गुरुङलाई सम्मान गरिएको थियो । सोही कार्यक्रमा दुवै मिर्गौला फेल भई उपचाररत १८ वर्षीय मञ्जिल गुरुङलाई क्लबको तर्पmबाट रु १४ हजार ८४० आर्थिक सहयोग गरिएको क्लबका सचिव गणेश श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस