१७ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नाम र केन्द्र परिवर्तन गराउनेमा गाउँपालिका बढी

अ+ अ-

काठमाडौं । स्थानीय तहको नाम र केन्द्र परिवर्तन गराउने सबैभन्दा बढी गाउँपालिका रहेका छन् । अहिलेसम्म ९८ स्थानीय तहका नाम र केन्द्र परिवर्तन गर्नेमा ९० गाउँपालिका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गाउँसभा र नगरसभाबाट सिफारिस तथा प्रदेश सभाबाट अनुमोदित ४२ जिल्लाका ९८ गाउँपालिका र नगरपालिकाका नाम तथा केन्द्र परिवर्तन भएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत दुर्गा दाहालले जानकारी गराए ।

कूल ७५३ स्थानीय तहमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन् । उनका अनुसार नाममात्र परिवर्तन भएकामध्ये १७, नाम र केन्द्र परिवर्तन भएका ६० र केन्द्र मात्र परिवर्तन भएका २१ स्थानीय तह छन् ।

ऐनअनुसार स्थानीय तहले प्रदेश तहलाई केन्द्र परिवर्तनका लागि निवेदन दिने सक्ने र उक्त सिफारिससहित पत्र प्रदेश सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा नाम, केन्द परिवर्तन गर्नका लागि अनुरोध गर्न सकिने छ । मन्त्रालयले पठाएको नाम र केन्द्र परिवर्तन गर्ने सिफारिसलाई मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने व्यवस्था छ ।

नाम र केन्द्र परिवर्तन गर्ने जिल्ला

नाम र केन्द्र परिवर्तन गर्ने जिल्लामा ताप्लेजुङ दुई, पाँचथर एक, इलाम दुई, झापा एक, सुनसरी तीन, पर्सा तीन, सिन्धुली एक, रामेछाप एक, सिन्धुपाञ्चोक एक, काभ्रे दुई, रसुवा एक, नुवाकोट दुई, रुकुमपश्चिम एक, रुकुम पूर्व एक, दाङ एक, बाँके दुई, सल्यान तीन, दैलेख एक रहेका छन् ।

यस्तै धनकुटा तीन, भोजपुर एक, सोलुखम्बु दुई, खोटाङ पाँच, उदयपुर एक, सप्तरी एक, धनुषा एक, धादिङ दुई, मकनापुर चार, चितवन एक, गोरखा तीन, लमजुङ एक, तनहुँ एक, स्याङजा एक, कास्की दुई, मनाङ तीन, मुस्ताङ दुई, म्याग्दीका दुई स्थानीय तहले नाम र केन्द्र परिवर्तन गरेका छन् ।

यसैगरी पर्वत दुई, पूर्वनवलपरासी एक, गुल्मी दुई, कपिलवस्तु एक, अर्घाखाची एक, रोल्पा तीन, जाजरकोट तीन, डोल्पा दुई, कालिकोट एक, हुम्ला एक, बाजुरा पाँच, बझाङ एक, डोटी दुई, डडेल्धुरा एक, बैतडी एक र दार्चुलाका दुई स्थानीय तहले नाम र केन्द्र परिवर्तन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस