१९ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालीको हितमा काम गर्नु आफ्नो पहिलो दायित्व : राजदूत ढकाल

अ+ अ-

बनेपा । संयुक्त अरब इमिरेट्स (युएई) का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले युएईमा दुःख र समस्यामा परेका नेपालीको हितमा काम गर्नु आफ्नो पहिलो दायित्व भएको बताएका छन् ।

राजदूतमा नियुक्त भएपछि काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालिकाले आज बनेपामा आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, ‘सबै काममा आत्मीयता र हार्दिकताका साथ काम गर्नु नै सबैभन्दा ठूलो गुण हो, त्यसैले समस्यामा परेका नेपालीलाई आत्मीयताका साथ सेवा गर्ने मेरो पहिलो कर्तव्य हुनेछ ।’

राजदूत ढकालले युएई नेपालको तेस्रो ठूलो व्यापार साझेदार मुलुक भएकाले त्योसँग आर्थिक कूटनीतिका लागि ठूलो सम्भावना भएको उल्लेख गर्दै त्यसका लागि आफूले सक्दो पहल गर्ने बताए ।

‘हामीले युएईतर्फ तरकारी, फलफूल, पानी र हर्टिकल्चर लगायतका कृषिजन्य बस्तु निर्यात गर्न सक्छौं,’ उनले भने, ‘त्यसका लागि सम्बन्धित निकायसँग समन्वय गरेर निर्यात प्रवर्द्धनमा जोड दिन आफ्नो प्रयास रहन्छ ।’

राजदूत ढकालले नेपालमा लगानी भित्रियाउन त्यहाँका उद्योगी व्यवसायीसँग समन्वय र सहकार्य गर्ने उल्लेख गर्दै नेपालको पर्यटन प्रवर्द्धनका लागि पनि आफूले पहल गर्ने धारणा व्यक्त गरे ।

मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवाले नगरका बासिन्दा भएको नाताले राजदूत भएकोमा गौरवको विषय भएको उल्लेख गर्दै उनका कार्यकालको पूर्ण सफलताको कामना गरे ।

काभ्रेपलाञ्चोक जिल्लाबाट राजदूत हुनेमा ढकाल दोस्रो व्यक्तित्व छन् ।

प्रतिक्रिया दिनुहोस