१९ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्वारा प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह सुशोभन

अ+ अ-

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार, गृह मन्त्रालय (सचिवस्तर) को २०७५ फागुन १९ गतेको निर्णयले प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह सुशोभन गरे ।

कार्यक्रममा दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा पदोन्नति भएका ६४ जना प्रहरी नायव उपरीक्षकहरुमध्ये ६० जना रहेका थिए । पदोन्नति भएका ३ जना प्रहरी नायव उपरीक्षकहरु हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहेका छन् भने १ जना व्यक्तिगत विदामा नेपाल बाहिर रहेका छन् ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नति हुने अधिकृतहरुलाई बधाई तथा शुमकामना व्यक्त गर्दै अव खटिने ठाउँमा दिइएको जिम्मेवारी अझै वढी उर्जा थपेर निर्भिकताकासाथ काम गर्न निर्देशन दिए । विगतका अनुभव र आफ्नो ज्ञान, सीप एवं दक्षता प्रयोग गरी संगठन निर्माणमा सक्रिय हुनुपर्ने उनले उल्लेख गरे ।

उत्कृष्ट काम गर्ने, सक्षम, सवल, इमान्दार, कर्तव्यनिष्ठ कर्मचारीको छिट्टै वृत्तिविकास गरौं भन्ने संगठनको सदैव चाहना रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले भने, ‘संगठनको यस्तो चाहना पुरा गर्न प्रहरी कर्मचारीहरुले आफ्नो कामले नै आफूलाई अब्बल सावित गर्नुस् ।’

कामप्रतिको निष्ठा, लगाव र मूल्याङकन नै वृत्तिविकासको आधार हुने र यसले आत्मसम्मान, सामाजिक प्रतिष्ठा र अपनत्व बढ्नेतर्फ सबैले सोच्नुपर्ने उनले बताए ।

समाजमा अपराध नियन्त्रणपछि मात्र सामाजिक रुपमा कार्यक्रम लग्नु राम्रो हुने धारणा व्यक्त गर्दै प्रहरी महानिरीक्षक खनालले जुनसुकै स्थानमा काम गर्दा पनि आफ्नो सीप र दक्षताको प्रयोग गरी पूर्ण महत्वका साथ काम गर्नुपर्ने उल्लेख गरे ।

प्रहरी कर्मचारीहरुले आर्थिक वा अन्य कुनै पनि रुपमा गलत काम गरेमा क्षम्य नहुने भएकोले सकारात्मक सोचले अत्यन्त सचेत र सजग भई काम गर्नुपर्नेमा उनले जोड दिए। व्यक्तित्व विकास, असल सोंच, शालीनता, असल व्यवहारका साथ काम गरी संगठनलाई विश्वास दिलाउन उनले आग्रह गरे ।
कार्यक्रममा पदोन्नति भएका प्रहरी अधिकृतहरुकोतर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव उपरीक्षक हरि खतिवडाले सांगठनिक अपेक्षा र उद्देश्यलाई पुरा गर्न अझै निर्भिक, निष्पक्ष र नागरिकमैत्री भई पूर्ण निष्ठा र इमान्दारिताका साथ आफूहरुले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस