२० जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रेपलाञ्चोकमा सुत्केरीलाई यातायात खर्च दिइने

अ+ अ-

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका–४ वडा कर्यालयले आफ्ना वडाका गर्भवती महिलालाई सुत्केरी हुन अस्पताल जाने यातायात खर्च दिने निर्णय गरेको छ ।

गर्भवती महिलालाई अस्पतालमा गई सुरक्षित सुत्केरी हुन प्रेरित गर्ने उद्देश्यले यातायात खर्च दिने निर्णय गरिएको वडाध्यक्ष उद्धवप्रसाद काफ्लेले बताए ।

उनले भने, ‘गर्भवती महिलाले अस्पतालमा शिशुलाई जन्म दिँदा आमा र बच्चा दुवैको जोखिम न्यून हुन्छ, त्यसैले अब सुरक्षित सुत्केरी हुन अस्पताल जाने यातायात खर्च दिन्छौँ ।’

वडाले गर्भवती महिलाले चाहेको जुनसुकै अस्पताल जाँदाको एम्बुलेन्स वा एम्बुलेन्ससरहको भाडा दिने निर्णय गरेको हो । यसका लागि वडाले हाल रु १ लाख ५० हजारको कोष बनाएको छ ।

नगरपालिका स्वास्थ्य समितिका संयोजकसमेत रहेका वडाध्यक्ष काफ्लेले आउँदो आर्थिक वर्ष नगरका अन्य सबै वडामा सुरक्षित सुत्केरी कोष निर्माण गरी सुत्केरी महिलालाई यातायात खर्च दिने योजना बनाइएको बताए ।

यसअघि गत पुसमा खानीखोला गाउँपालिका–७ वडाले चौकीमा नियमित गर्भवती स्वास्थ्य परीक्षण गरी सुरक्षित शिशु जन्माउने महिलालाई उनको नवजात शिशु तेल मालिसले स्वस्थ होस् भन्ने उद्देश्यले २ लिटर तोरीको तेल उपहार दिने निर्णय गरेको थियो ।

विकट भौगोलिक अवस्थाका कारण धामीझाँक्रीको विश्वास गर्दा महिलाले अकालमै मृत्युवरण गर्नुपर्ने अवस्था घटाउन र बाल मृत्युदर घटाउन ‘सुत्केरी उपहार’ कार्यक्रम शुरु गरेको वडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस