२० जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्भावित जोखिमको क्षेत्र पहिचान गर्दै कामपा

अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिकाले विपत्को सामना गर्न सहज होस् भन्ने उद्देश्यले आफ्नो क्षेत्रभित्र सम्भावित जोखिमको क्षेत्र पहिचान कार्य शुरु गरेको छ ।

कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले सम्भावित जोखिम आकलन गरेपछि आपत् सामना गर्न सहज हुने भएकाले यस किसिमको कार्य शुरु गरिएको बताए ।

‘एक्लैले विपत् टार्न सकिँदैन, अझ प्राकृतिक विपत्तिको स्वरुप पूर्वनिर्धारित हुँदैन, त्यसैले समुदायमा हामी काठमाडौँमा जनधनको क्षति पुर्‍याउने विपत्तिका प्रकारका बारेमा जानकारी दिन्छौँ र सामना गर्ने क्षमता बढाउँछौँ’, प्रवक्ता डङ्गोलले भने ।

कामपाले नेपाल रेडक्रस सोसाइटीसँग मिलेर उक्त कार्यको शुरुआत गरेको हो । विपत्ति टार्न नसके पनि विपत्बाट हुनसक्ने धनजनको क्षति काम गर्न सबैभन्दा पहिले समुदायनै सबल रहनुपर्ने भएकाले कामपाले यस किसिमको कार्यको शुरुआत गरेको बताएको छ ।

जोखिम नक्साङ्कनमा प्राकृतिक तथा मानव सिर्जित विपत्तिका दृष्टिमा सबैभन्दा बढी जनधनको क्षति भएको र हुनसक्ने स्थानको पहिचान हुनेछ ।

यसरी पहिचान गरिएका स्थानमा हुनसक्ने क्षति कम गराउन समुदायलाई तत्पर बनाउने, उनीहरुलाई आवश्यक पर्ने स्रोतसाधनको जोहो गर्नेलगायतका काम हुनेछन् । यी आपत्का अवस्था थाहा पाउन यसअघिका घटना, अहिलेको अवस्था र सम्भावनालाई आधार बनाइनेछ ।

कामपामा हुनसक्ने विपत्को बारेमा जानकारी दिन र विपत्कोे सामना गर्न कामपाले ३२ वटै वडामा वडाध्यक्ष, सदस्य र स्वास्थ्य स्वयंसेविकासहितको समितिसमेत गठन गरिसकेको छ ।

उक्त समितिकै अगुवाइमा वडास्तरीय विपत् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिको अगुवाइ हुनेछ । यस किसमिको नक्साङ्कन कार्यका लागि कामपा वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्यको संयोजकत्वमा समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस