२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विषादीमुक्त देश चाहन्छौँ : अध्यक्ष श्रेष्ठ

अ+ अ-

काभ्रेपलाञ्चोक । राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले माटो र मानव स्वास्थ्यका लागि विषादीमुक्त देश बनाउन चाहेको बताएका छन् ।

कृषि तथा पशुपक्षी मन्त्रालय, प्लाण्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्र हरिहरभवन तथा कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोकद्वारा ‘विषादी प्रयोगमुक्त सप्ताह–२०७५’ को पहिलो दिन आज बनेपामा आयोजित किसान सभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले भने, ‘माटो र मानव स्वास्थ्य जोगाउनु सबैको दायित्व हो, सरकार पनि विषादीमुक्त देश बनाउन चाहन्छ ।

‘उनले सरकारको आउँदो १० वर्षमा विषादीमुक्त देश बनाउने अभियानमा साथ दिन सबै पक्षसँग आग्रह गरे ।

अध्यक्ष श्रेष्ठले घातक विषादी प्रयोगका कारण विशेषगरी महिला तथा बालबालिकामा गम्भीर असर पारिरहेको बताउँदै आफ्नो खेतबारीको माटो र स्वास्थ्य जोगाउन किसानले आजैदेखि जैविक विषादी तथा प्राङ्गारिक मल प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याए ।

‘सरकारले पनि कीटनाशक विषादी विधेयक पास गर्दैछ’, उनले थपे,’सरकारको पाँच वर्षभित्र उत्पादन दोब्बर बनाउने अभियानमा सम्पूर्ण किसानले सहयोग गर्नुपर्छ, यसबाट हाम्रो अर्थतन्त्र पनि मजबुत हुन्छ ।’

अध्यक्ष श्रेष्ठले छिमेकी मुलुक चीन र भारतबाट वार्षिक ६०० टन विषादी भित्रिने गरेको बताउँदै घातक विषादीबाट विश्वमा वार्षिक करीब तीन लाख मानिसको मृत्यु हुनु भयावह स्थिति हो भने ।

‘विषादी न्यूनीकरण नगरे हामीले धेरै कुरा गुमाउनुपर्छ, एकैपटक बन्द गर्न नसके पनि प्रयोग कम गर्नु जरुरी छ’, उनले भने । अध्यक्ष श्रेष्ठले चेतना/ज्ञानको अभावमा नेपालमा अत्यधिक विषादी प्रयोग हुँदै आएको र यसबाट ठूलो क्षति भइरहेको बताए । उनले भने,’विषादी न्यूनीकरणमा आयोगले पनि विभिन्न चेतनामूलक कार्यक्रम ल्याउँछ ।’

कृिष तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव ईश्वरराज रिजालले सबै किसानले आफ्ना खेतबारीमा विषादी न्यूनीकरण गर्दै जानसके माटो र मानव स्वास्थको रक्षा गर्न सकिने बताए ।

कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोकका प्रमुख कृष्णभद्र अधिकारीले अत्यधिक विषादी प्रयोग ठूलो चुनौती बन्दै गएकाले विषादी र रासायनिक मलको विकल्पमा जानैपर्ने बताए ।

किसान सभाअघि ‘पोषण सुरक्षा र खाद्य स्वच्छता, घातक विषादीमुक्त कृषिको आवश्यकता’ मूल नाराका साथ आयोजित र्‍यालीले बनेपा नगर परिक्रमा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस