५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिरो गोल्डकप : उपाधिका लागि नेपाल-म्यान्मा भिड्दै

अ+ अ-

काठमाडौं । भारतमा जारी हिरो गोल्डकप प्रतियोगिताको अन्तिम चरणको खेलमा आज नेपाल र म्यान्मा भिड्दै छन् ।

भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा हुने खेल नेपाली समयानुसार साँझा ६ बजे शुरु हुनेछ । नेपालको राष्ट्रिय महिला फुटबल टोलीले आज विजयी भए पहिलो अन्तर्राष्ट्रिय उपाधि पाउनेछ ।

दक्षिण एशियाली फुटलबमा सधैं उपाधिका लागि तगारो बन्दै आएको भारतलाई समूहचरणमै पराजित गरेपछि नेपालले अन्तिम चरणमा म्यान्मालाई प्रतिद्वन्द्वी पाएको हो ।

समूह चरणको पहिलो खेलमा नेपाल म्यान्मारसँग ३–० गोल अन्तरले पराजित भएकामा पछिल्ला दुई खेलमा भने भारत र इरानलाई पराजित गर्दै अन्तिम चरणसम्ममा पुगेको थियो । म्यान्मा भने लिग चरणका सबै खेलमा विजयी बन्दै अन्तिम चरणमा पुगेको हो ।

विश्व बरियतामा नेपालभन्दा निकै माथि रहेको म्यान्मालाई हराउँदै महिला फुटबलको इतिहासमा उपाधि जित्ने अवसर नेपाली महिला टोलीलाई छ । फिफा बरियतामा नेपाल १०८ स्थानमा रहँदा म्यान्मा ४४औँ स्थानमा रहेको छ ।

नेपालले सन् २०१०, २०१२, २०१४ को साफ महिला च्याम्पियनसिपको अन्तिम चरणमा भारतसँग पराजित भएको थियो । यस्तै सन् २०१० र २०१६ मा दक्षिण एशियाली खेलकूद(साग) मा पनि नेपाल भारतसँगै पराजित भएको थियो ।

नेपाल र म्यान्मा चार महिनायता तेस्रो पल्ट भिड्न लागेका हुन् । गत नोभेम्बरमा म्यान्माको राजधानी याङ्गुनमा भएको ओलम्पिक २०२० अन्तर्गत एशियाली छनोटको पहिलो चरणको भेटमा नेपालले म्यान्मालाई १–१ मा रोके पनि त्यसलाई नेपालले हिरो गोल्डकपको पहिलो खेलमा भने निरन्तरता दिन सकेन । अन्तिम चरणमा फेरि म्यान्मालाई रोक्ने प्रयास गर्ने प्रशिक्षक खड्काले बताए ।

‘हामी अन्तिम चरणमा अलि रणनीति बदलेर खेल्नेछौं, हामीले पहिला गोल खाएनौँ भने जित्न सक्छौं किनभने शुरुमै गोल खायौं भने हाम्रा खेलाडीले सन्तुलन गुमाउने गरेका छन’–प्रशिक्षक हरिख खड्काले भने ।

प्रतिक्रिया दिनुहोस