२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री गुरुङ

अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार र प्रदेशसभालाई प्रभावकारी बनाउन सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् ।

संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उनले संसद् जनताको समस्या समाधानको थलोका रुपमा विकसित हुनुपर्नेमा जोड दिए । जनतालाई सुसूचित गराउन पत्रकारिता क्षेत्रले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिँदै उनले संघीय शासन प्रणालीलाई स्थापित गर्दै तीनवटै सरकारबीच समन्वय अपरिहार्य रहेको बताए ।

पत्रकारिताको माध्यमबाट प्रदेशसभा र सरकारका गतिविधिलाई सत्यतथ्यमा आधारित समाचार संप्रेसण मार्फत जनतालाई सुसूचित गराउन सहयोगी बन्नुपर्नेमा उनको जोड थियो । संसदीय प्रणालीलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्ने वर्तमानको आवश्यकता भएको उल्लेख गर्दै उनले शान्तिपूर्ण संघर्षको माध्यमबाट समृद्धि प्राप्त गर्न सकिने धारणा राखे ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा नयाँ अभ्यास भएकाले सञ्चार क्षेत्रले यसका गतिविधिलाई वैज्ञानिक ढङ्गले सहयोग गर्नुपर्ने बताए । आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले सञ्चार क्षेत्रले सरकार र जनताबीचको पुलको भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले मुलुकको संघीय संरचनालाई प्रभावकारी बनाउन सञ्चार क्षेत्रले भूमिका खेल्दै आएको बताए । मञ्चका अध्यक्ष लालप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपसभामुख सिर्जना शर्मा, प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेल, प्रदेशसभा सदस्यद्वय मीना गुरुङ र कुमार खड्का, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, मञ्चका उपाध्यक्ष भरत कोइरालालगायतले संसद्को रिपोर्टिङ थप जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस