५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आठौँ राष्ट्रिय खेलकूदको नयाँ मिति आज तोकिँदै

अ+ अ-

काठमाडौं । प्रदेश नंं ५ मा आयोजना गर्ने तय भएको आठौँ  राष्ट्रिय खेलकूद प्रतियोगिताको नयाँ मिति घोषणा गर्न राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कार्यकारी समितिको बैठक आज बस्दैछ ।

कार्यकारी समितिको बैठकले आठौँ राष्ट्रिय खेलकूदको नयाँ मिति घोषणा गर्नुका साथै प्रतियोगिताका लागि अनुमानित बजेटलाई समेत अन्तिम रूप दिने राखेप स्रोतले जनाएको छ । पूर्वाधार निर्माण नभएको भन्दै यसअघि प्रतियोगिता तीन पटक सारिसकिएको छ ।

गत मङ्सिर ८ गतेदेखि नेपालगञ्ज रङ्गशालामा उद्घाटन गरी बाँके, बर्दिया, दाङ र रुपन्देहीका विभिन्न स्थानमा आयोजना गर्ने तय भएको खेलकूद प्रतियोगिता पूर्वाधार निर्माणमा ढिलाइ भएको भन्दै पटकपटक गरी तीन पटक मिति सरिसकेको छ ।

गत असोज महीनामा नुवाकोटको ककनीमा बसेको राखेपको सञ्चालक समितिको बैठकले मङ्सिरमा प्रतियोगिता आयोजना गर्न पूर्वाधार नबनेकाले माघ २५ देखि फागुन १ गतेसम्म गर्ने गरी मिति तय गरेको थियो तर, माघमा पनि पूर्वाधार नबनेको भन्दै मिति सारियो ।

पूर्वाधार निर्माणको काम समयमै सम्पन्न हुन नसकेपछि प्रतियोगिताको नयाँ मिति तोक्न लागिएको हो । राखेपका अनुसार चैतको पहिलोसाता प्रतियोगिता सम्पन्न हुने गरी नयाँ मिति तय हुनेछ ।

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता उद्घाटन हुने नेपागन्ज रङ्गशाला निर्माण सम्पन्न गर्न केही समय लाग्ने तथा अन्य पूर्वाधारको काम पनि पूरा गर्न केही समय लाग्ने भएकाले प्रतियोगिता सार्न लागिएको युवा तथा खेलकूद मन्त्रालयले जनाएको छ ।

बैठकले प्रतियोगिता आयोजना गर्न गठित उपसमितिलाई पूर्णतासमेत दिनेछ । राखेपले प्रतियोगिता सञ्चालनका लागि यसअघि विभिन्न उपसमिति गठन गरेको थियो । बैठकले प्रदेश छनोटको मितिको विषयमा समेत आवश्यक निर्णय गर्नेछ । प्रतियोगिताको जिल्ला छनोट सम्पन्न भए पनि प्रदेश छनोट हुन सकेको छैन ।

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता समयमै हुन नसक्नु तथा दशरथ रङ्गशाला लगायतका ठूला पूर्वाधार समयमै नबन्दा नेपालमै हुने तय भएको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) समेत प्रभावित भइसकेको छ ।

साग छ महीनाका लागि सार्न राखेप तथा युवा तथा खेलकूद मन्त्रालयले नेपाल ओलम्पिक कमिटी (एनओसी) समक्ष आग्रह गरिसकेको छ ।

राखेप सदस्य सचिव केशवकुमार विष्टले प्रतियोगिताका लागि बन्दै गरेका भौतिक पूर्वाधारको काम अन्तिम चरणमा पुगेको बताउँदै आठौँ राष्ट्रिय खेलकूदका लागि बनेका भौतिक पूर्वाधार यसअघिका प्रतियोगितामा जस्तो कमजोर नहुने दाबी गरे ।

‘अघिल्ला प्रतियोगितामा समयमै बजेट नआउने र हतारमा जसरी पनि काम सिध्याउने मानसिकताले काम गरेको थियो तर, यसपटक हामीले सातौँ खेलकूद प्रतियोगिता सकिएलगत्तै आठौँको तयारी शुरु गरेका थियौँ, भौतिक पूर्वाधार दिगो र बलियो बन्नेछ जसले भविष्यमा स्थानीयस्तरका खेल गतिविधिका लागि सजिलो हुनेछ’ सदस्य सचिव विष्टले भने ।

संघीय संरचनाअनुसार प्रतियोगिता

अघिल्लो संस्करणसम्म विकास क्षेत्रका पाँच तथा तीन विभागीय टोलीले राष्ट्रिय खेलकूदमा सहभागिता जनाउने चलन थियो । यसपालि देश संघीय संरचनामा गइसकेकाले र पहिलोपटक गैरआवासीय नेपाली संघ (एनआरएनए) को एउटा टोली पनि समावेश गर्ने भएपछि राष्ट्रिय खेलकूद पनि त्यहीअनुसार गर्दा टोली सङ्ख्या बढेर ११ पुगेको छ ।

आर्थिक र अन्य कारणले पलायन भएका प्रतिभालाई राष्ट्रिय खेलकूद हुँदै राष्ट्रिय टोलीसम्मको यात्रा निश्चित बनाउन गैरआवासीय टोलीको सहभागिता खोजिएको राखेपको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस