५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलालीमा क्रिकेट र फुटबलप्रति आकर्षण

अ+ अ-

लम्की । लिटिल फ्लावर बोर्डिङ्ग स्कूलले फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । हरेक वर्ष लिटिल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगिता सञ्चालन गर्दै आएको विद्यालयले यस वर्षदेखि फुटबल प्रतियोगितासमेत आयोजना गर्न लागेको हो ।

आगामी फागुन १२ देखि १८ गतेसम्म धनगढीमा लिटिल फ्लावर सुपर लिग अन्तरविद्यालय फुटबल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । उक्त प्रतियोगिताको मुख्य प्रायोजन धनगढीमा रहेको मृग गार्मेन्ट उद्योगले गरेको छ ।

धनगढीलाई खेलको शहर बनाउने र विद्यालय स्तरबाटै नयाँ पुस्ताका खेलाडी उत्पादन गर्न विद्यालयस्तरीय फुटबल प्रतियोगिता पनि सञ्चालन गर्न लागिएको विद्यालयका संस्थापक प्रिन्सिपल रामचन्द्र शाहीले बताए । ‘धनगढी देश विदेशमा क्रिकेटको शहरको रुपमा चिनिएकै छ’, पत्रकार सम्मेलनमा उनले भने ‘खेलकै शहरको रुपमा चिनाउने उद्देश्यले अब फुटबल प्रतियोगिता पनि सञ्चालन गर्न लागेका हौँ ।’

प्रतियोगितामा कक्षा १० सम्म अध्ययन गर्ने कैलाली र कञ्चनपुरका १२ विद्यालयका विद्यार्थी सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले रु ३० हजारसहित ट्रफी, उपविजेताले रु १५ हजार र ट्रफी प्राप्त गर्ने जानकारी दिइएको छ । यसैगरी उत्कृष्ट खेलाडीलाई रु तीन हजार पुरस्कार दिइने छ ।

प्रतियोगितामा लिग चरणका हरेक खेलका म्यान अफ द म्याचले रु पाँंच सय, सेमिफाइनल खेलका म्यान अफ द म्याचले रु एक हजार र फाइनल खेलका म्यान अफ द म्याचले रु दुई हजार पुरस्कार प्राप्त गर्ने प्रिन्सिपल शाहीले जानकारी दिए ।

प्रतियोगितामा खेलहरु लिगकम नकआउटका आधारमा सञ्चालन हुनेछ । उक्त प्रतियोगिता धनगढीस्थित क्षेत्रीय रङ्गशालामा हुनेछ । कैलाली जिल्ला खेलकुद विकास समितिका कावा अध्यक्ष बाबुराजा श्रेष्ठले विद्यालयस्तरमा हुने प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस