काठमाडौं । तेस्रो तथा अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी-२० सिरिज जितेको छ ।
आइतबार दुबईको आइसिसी एकेडेमीमा नेपालले दिएको १ सय ५ रन लक्ष्य पछ्याएको युएईले वर्षाका कारण घटाइएको १० ओभरमा ८ विकेटको क्षतिमा ९० रन मात्र बनाउन सक्यो।
पहिलो ओभरमा सन्दीप लामिछानेको ओभरमा २० रन खाएको नेपालले पछिल्लो पाँच ओभरमा युएईका ६ विकेट लिँदा ३२ रन खर्चेको थियो ।
कप्तान पारस खड्काले ललित राजवंशीलाई बल दिए । पहिलो र दोस्रो बलमा विकेट लिएका उनले मात्र ५ रन दिँदै नेपाललाई पहिलो टी–२० सिरिज दिलाए ।
१० ओभरमा घटाइएको खेलमा नेपालले ८ विकेटको क्षतिमा १ सय ४ रन जोडेको थियो।
गत साता मात्र नेपालले युएईलाई नै हराउँदै पहिलो पटक एक दिवसीय क्रिकेट सिरिज पनि जितेको थियो।