३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आरक्षण होइन, योग्यता विकास गर्नुहोस् : अध्यक्ष प्रचण्ड

अ+ अ-

चितवन  । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको सशक्तीकरणका निम्ति हिजो राज्यले गरेको विभेदको क्षतिपूर्तिका रुपमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था संविधानमा गरिएको बताएका छन् ।

नेपाल पत्रकार महासंघका महिला विभागले आज जिल्लाको पटिहानीमा आयोजना गरेको पत्रकार महिलाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आरक्षण प्राप्त गर्नेतर्फ ध्यान केन्द्रित नगरी महिलाले आफूलाई योग्य सावित गर्नेतर्फ केन्द्रित गर्नुपर्ने बताए ।

दाहालले आरक्षणले क्षमतामा अवरोध सिर्जना गर्ने भन्दै योग्यता विकास गर्न सुझाव दिए । उनले पत्रकार महिलालाई इङ्गीत गर्दै भने, ‘तपाईंहरु नेतृत्व तहमा नै आउँदै छन्, अध्यक्ष बन्नुपर्छ, त्यो अब महिला मुक्ति आन्दोलनका रुपमा लिनुपर्छ ।’

इतिहासको महत्वपूर्ण क्षणमा हामी रहेको भन्दै उनले भने, ‘हाम्रो अगाडि अवसर छ, धेरै वर्षको मेहनत र बलिदानबाट प्राप्त यो अवसरलाई सदुपयोग गर्नुपर्छ ।’ सबै वर्ग, क्षेत्र, समुदायको एकता नभएको भए अहिलेको राजनीतिक परिवर्तन सम्भव नहुने भन्दै उनले यसलाई कार्यान्वयन गर्ने अहिलेको चुनौती रहेको बताए ।

राष्ट्रको एकतालाई अझ मजबुद बनाउनुपर्ने भन्दै उनले भने, ‘एकतालाई अझ मजबुत कसरी गर्ने, प्रगतिशील परिवर्तनलाई कसरी संस्थागतरुपले कार्यान्वयन गर्ने र समृद्धिको यात्रालाई कसरी अगाडि बढाउने भन्ने विषयमा सोच्ने बेला आएको छ ।’

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले पुरुष पुग्ने ठाउँमा महिला पुग्न नसकेको भन्दै प्रतिष्पर्धी ढङ्गले काम गर्न पत्रकार महिलालाई आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकार महिलालाई नेतृत्वमा ल्याउन सहयोगी बन्ने बताए ।

सो अवसरमा तत्कालीन प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले पत्रकारिता क्षेत्रमा महिलाको सहभागिता बढ्दो रहेको भन्दै महिलालाई अघि बढाउन सबैले साथ र सहयोग गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ महिला विभागका प्रमुख लक्ष्मी पुनको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चारिका समूहका पूर्वअध्यक्ष बबिता बस्नेत, भरतपुर महानगरपालिका वडा नं २२ का वडा अध्यक्ष विष्णुराज महतो, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा लगायतले बोलेका थिए ।

भेलामा पत्रकार महिलाका वर्तमान अवस्था, समस्या र समाधान विषयमा व्यापक छलफल गरी निष्कर्ष निकालिनेछ । भेलामा अगुवा पत्रकार महिलालाई सम्मान गरिएको थियो । देशभरका पत्रकार महासंघका शाखा, केन्द्र्रीय समिति, प्रतिष्ठान, प्रदेश समितिका महिला नेतृत्व र केन्द्रीय समितिका पूर्वनेतृत्वको सहभागिता रहेको छ । भेलामा २०० भन्दाबढी पत्रकार महिलाको सहभागिता रहेको छ । भेला आज साँझ पटिहानी घोषणापत्र जारी गर्दै सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस