५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनगढी प्रिमियर लिगलाई आइसिसीको मान्यता

अ+ अ-

काठमाडौं । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले मान्यता प्रदान गरेको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले प्रतियोगितालाई आइसिसीले मान्यता दिएको जनाएको हो । ‘प्रतियोगिताले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को मान्यता पाएको जानकारी गराउँदछौँ’, एकेडेमीका अध्यक्ष सुवास शाहीले भने । आइसिसीको मान्यतापछि डिपिएलका लागि अन्तर्राष्ट्रिय खेलाडी ल्याउन बाटो खुलेको छ । आइसिसीको मान्यताबिना प्रतयोगितामा विदेशी खेलाडी टिममा ल्याउन पाइँदैन । प्रतियोगिता यही माघ २६ गतेदेखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुँदैछ ।

यस्तै एकेडमीले आइसिसीले प्रतियोगिताबारे आफ्ना सम्पूर्ण सदस्य राष्ट्रलाई समेत जानकारी गराइसकेको जनाएको छ । देशकै सर्वाधिक पुरस्कार राशिको डिपिएलमा धनगढी स्टार्स, सीवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्नेछन् ।

टी–२० आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ । लिग चरणमा प्रत्येक टिमले एक अर्को टोलीसँग प्रतिस्पर्धा गर्नेछ । शीर्ष चार टोली प्लेअफमा छनोट हुनेछ । पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।

प्रतियोगिताका लागि छ वटै टोलीले लिलाम बढाबढबाट दुई साताअघि खेलाडी लिइसकेका छन् । डिपिएलका प्रत्येक टिमले लिलाम बढाबढबाट १२ खेलाडी, एक रणनीतिक खेलाडी र दुई विदेशी गरी १५/१५ खेलाडी टोलीसँग आबद्ध गरेका छन् । देशकै पहिलो खेलाडी बोलकबोल (अक्सन) गराउँदै नेपाली क्रिकेटलाई व्यावसायिक बनाएको डिपिएलको छ वटै टोलीलाई दुई अनिवार्य व्यावसायिक विदेशी खेलाडी राख्नुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस