२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोकतान्त्रिक संस्कारलाई आत्मसात् गर्नुपर्छ : काङ्ग्रेसका नेताहरु

अ+ अ-

रुपन्देही । राजनीतिक संस्कार र आचरण सुधार नहुँदासम्म पार्टी बलियो नहुने धारणा नेपाली काङ्ग्रेसका नेताले व्यक्त गरेका छन् ।

प्रजातान्त्रिक विचार समाजले आज बुटवलमा आयोजना गरेको ‘लोकतान्त्रिक संस्कार र विचार’ विषयक प्रवचन कार्यक्रममा उनीहरुले पार्टी बलियो हुन नेता र कार्यकर्ताले लोकतान्त्रिक संस्कारलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए ।

उनीहरुले अन्तरद्वन्द्व र गुटबन्दीका कारण पार्टी कमजोर भएको बताउँदै कम्युनिष्टलाई गाली गर्दैमा पार्टी बलियो नहुने धारणा व्यक्त गरे ।

सो अवसरमा काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक नेतृत्वको गलत आचरणका कारण नेपालको राजनीति आलोचित भइरहेको उल्लेख गर्दै राजनीतिलाई सम्मनित क्षेत्र बनाउन नेतृत्वले राजनीतिक संस्कार र आचरण परिवर्तन गर्नुपर्ने बताए ।

पार्टीको आदर्श, सिद्धान्त र संस्कारमा नेता कार्यकर्ता रहन नसक्दा चुनावमा पार्टीले पराजय बेहोरेको बताउँदै उनले अबका दिनमा पनि कार्यशैली नफेरिए पार्टी बलियो नहुने धारणा व्यक्त गरे ।

‘चार वर्षभित्र महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गरी जनताका बीचमा जानुपर्छ’, नेता पौडेलले भने, ‘पार्टीको आन्तरिक द्वन्द्व र गुटबन्दीको अन्त्यका लागि समयमै महाधिवेशन गर्नुको विकल्प छैन ।’

समाजका केन्द्रीय अध्यक्ष डा.केदारनरसिंह केसीले नेतृत्वमा आत्मबल कमजोर हुँदा पार्टी कमजोर भएको बताए ।

काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले राजनीतिक संस्कार र आचरण ठीक नभएका नेता पार्टीमा रहेसम्म लोकतान्त्रिक संस्कार बलियो नहुने बताउँदै ‘राजनीति कमाइ खाने भाँडो भयो, यो परिपाटी अन्त्य नभएसम्म राजनीतिक परिवर्तन सम्भव छैन’, भने ।

अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीभित्र विचौलियाको प्रभाव बढी भएकाले समस्या भएको उल्लेख गर्दै पार्टीलाई कम्युनिष्टसँग तुलना गर्दैमा संस्कार बदलिन्न, विचारअनुसार व्यवहार हुनुपर्छ बताए ।

नेता देवराज चालिसेले काङ्ग्रेसको संस्कार र शैली हारेकोमा चिन्ता व्यक्त गरे । प्रदेशसभा सदस्य रमा अर्यालले पार्टी बलियो हुन व्यक्तिका पछाडि नलागी सिद्धान्त र विचारको पक्षमा लाग्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस