१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङमा २ सय ३२ द्वारा नियमित एआरटी सेवा

अ+ अ-

लमही । दाङमा एचआइभी एड्स सङ्क्रमितलाई निःशुल्क औषधि तथा स्वास्थ्य परामर्श दिन एक वर्षअघि सञ्चालनमा आएको एआरटी सेवाबाट दुई सय ३२ जनाले सेवा लिइरहेका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीबाट १६० र राप्ती अञ्चल अस्पताल तुलसीपुरबाट ७२ जनाले नियमित सेवा लिइरहेका एआरटी सेवा प्रमुख लेकप्रसाद शर्माले बताए । उनका अनुसार दाङमा ४३७ जना एचआइभी/एड्स सङ्क्रमित भेटिएका भए पनि अहिले सबैले एआरटी सेवा लिएका छैनन् ।

केहीको मृत्यु भएको, कोही अन्य बाहिरी जिल्लामा गएको तथा कोहीले परामर्श पनि लिन नमान्दा सबैले एआरटी सेवा लिन नसकेको उनको भनाइ छ । नियमित सेवा लिइरहेकाले समाजमा उदाहरणीय काम समेत गर्ने गरेको उनले बताए । उनले भने, ‘उक्त सेवा शुरु भएदेखि सकारात्मक प्रभाव परिरहेको छ, एचआइभी सङ्क्रमितलाई पनि माया, ममता दिन सकेमा उनीहरुले सामान्य मानिस सरह जीवनयापन गर्न सक्छन्, भन्ने चेतना पैदा भएको छ ।’

सङ्क्रमतिलाई आवश्यकता अनुसार बोलाउने गरेको उनले बताए । ‘हामीले एचआइभी सङ्क्रमितलाई आवश्यकता अनुसार बोलाउने गरेको छौं’ शर्माले भने, ‘कहिल्यै एक दिनमा एकजना मात्रै बोलाउछौं, कहिल्यै एक दिनमा १० जना पनि बोलाउँछौं ।’

असुरक्षित यौन सम्पर्क, सङ्क्रमित आमाबाट जन्मिएको बच्चा, सङ्क्रमितले प्रयोग गरेको सुई तथा सङ्क्रमित व्यक्तिको रगत अर्कोको व्यक्तिमा पर्न जानुलगायतका कारणले एचआइभी सङ्क्रमण हुन सक्ने भन्दै यसबाट स्वयं व्यक्ति नै सचेत हुनुपर्ने उनको भनाइ छ । उनले सङ्क्रमितलाई समाज, घरपरिवारले माया ममता प्रदान गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस