५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपाधि रक्षाका लागि नेपाललाई थाइल्याण्डको चुनौती

अ+ अ-

काठमाडौं । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेटको उपाधि रक्षाका लागि नेपालले घरेलु टोलीको चुनौती समना गर्दैछ ।

समूह चरणमा अपराजित रहँदै फाइनल पुगेको नेपाली टोलीले आज अपराह्न आयोजक तथा घरेलु टोली थाइल्याण्डको सामना गर्न लागेको हो । नेपाल र थाइल्याण्डबीचको खेल मध्याह्न १२ः१५ बजे शुरु हुनेछ ।

थाइल्याण्डविरुद्ध मैदानमा उत्रँदा नेपाल उपाधि जित्ने लक्ष्यमा हुनेछ । लामो समय अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढा रहेको नेपाल जारी प्रतियोगितामा उपाधि नजिक पुगेको हो । “महिला क्रिकेट टोलीलाई उपाधि ल्याउने सुनौलो अवसर छ, तर, घरेलु समर्थकको साथ पाएको थाइल्याण्डविरुद्ध नेपाललाई कठिन चुनौती भने अवश्य छ’, नेपाली टोलीको प्रशिक्षक विनोद दासले भने ।

समूह चरणमा अपराजित र सेमिफाइनलमा इन्डोनेसियालाई हराएको नेपाल उच्च मनोबलका साथ प्रतिस्पर्धामा उत्रेको छ । शुक्रबार भएको सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनले हराएको थियो । यता, थाइल्याण्ड पनि अपराजित रहँदै फाइनलमा पुगेको हो । सेमिफाइनलमा थाइल्याण्डले युएईलाई हराएको थियो ।

नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा मलेसियालाई छ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा युएईलाई छ विकेटले हराएको नेपालले अन्तिम खेलमा थाइल्याण्ड ‘ए’ लाई नौ विकेटले हराएको थियो ।

प्रतियोगितामा नेपालका लागि सीता रानामगरले ब्याटिङतर्फ उत्कृष्ट योगदान दिइरहेकी छिन् । बायाँ हाते ब्याट्समेन सीताले चार खेलमा ४१ दशमलव ६६ को औसतले १२५ रन बनाइसकेकी छिन् । बलिङतर्फ सरिता मगरले चार खेलमा पाँच विकेट लिइसकेकी छिन् भने रुबिना क्षेत्री, करुना भण्डारी, नेरी थापाले समान चार/चार विकेट लिएका छन् ।

बाह्र वर्षपछि फाइनल खेल्दै नेपाली टोली

सन् २००७ मा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन शुरु गरेको नेपाली महिला टोलीले पहिलो सहभागितामा प्रतियोगिताको फाइनलमा स्थान बनाएको थियो । एसीसी वुमेन्स च्याम्पियनसिपको फाइनलमा त्यतिबेला नेपाल बङ्गलादेशसँग पराजित हुँदै उपविजेता भएको थियो । त्यसपछि नेपाली अन्डर–१९ महिला टोलीले उपाधि जिते पनि सिनियर महिला टिमले भने प्रतियोगिताको फाइनल यात्रा तय गर्न सकेको छैन ।

महिला टि–२० एशिया कप– २०१२ मा नेपाल समूह चरण पार गर्न सकेन भने २०१३ को वुमेन्स च्याम्पियनसिपको सेमिफाइनलमा नेपाललाई थाइल्याण्डले पराजित ग¥यो । पछिल्लो समय खस्किएको महिला क्रिकेट टोलीलाई यो पटक राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा यु–१९ राष्ट्रिय टोलीका प्रशिक्षकसमेत रहेका विनोद दासले प्रशिक्षण गरिरहेका छन् । टिमको सफलतामा दासको प्रशिक्षणलाई प्रमुख कारण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस