२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चोरीमा संलग्न गिरोह पक्राउ

अ+ अ-

धरान । मोटरसाइकलसहित मोबाइल र नगद लुटपाट गर्ने एक गिरोहलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा धरान–१९ का ङिमा ओङ्जु शोर्पा र धरान–१६ का विनोद लिम्बूसहित ५ जना रहेको इप्रका धरानका प्रमुख प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । मोबाइलको कल डिटेलका आधारमा उनीहरुलाई पक्राउ गरिएको उनले बताए ।

उनीहरूले धरान–१७ स्थित सर्दु खोलामा मङ्सिर २७ गते सुनसरी कोशी गाउँपालिका–६ का बेचन मियाको को २ प ७६२० नंको मोटरसाइकल, एक थान मोबाइल र रु एक हजार ३०० नगद लुटपाट गरेको प्रहरीले जनाएको छ ।

भारत अररिया बस्मतियाका सबुर मन्सुरीले बोकेको एक थान मोबाइलसमेत लुटपाट गरेका उजुरी परेको छ । लुटपाटपछि उक्त मोबाइल धरान–१५ का दिपेश परियारलाई बेचेको पत्ता लागेपछि प्रहरीले पुस १६ गते परियारलाई नियन्त्रणमा लिएर चोरीको मोबाइल बरामद गरेको प्रहरी नायब उपरीक्षक तिम्सिनाले बताए ।

चोरी गरेको मोटरसाइकलको पाटपुर्जा खोलेर धरान–१० का लडन अन्सारीको मोटरसाइकल ग्यारेजमा दिएका थिए । उक्त ग्यारेजबाट इञ्जिन बरामद गरिएको र अन्य पार्टपुर्जा भने धरान–१२ स्थित महेश विकको न्यू पाथीभरा वर्कसपमा फेला पारिएको उनले जानकारी दिए ।

पक्राउ परेकालाई आज अदालतमा म्याद थप गरी आवश्यक अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस