२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अगाडि बढाउन माग

अ+ अ-

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमा विशेष समयमा सांसद बलरामप्रसाद बाँस्कोटाले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याएकामा सराहना गरे ।

उनले सहमति र सहकार्यका आधारमा कार्यक्रम कार्यान्वयन भएको चर्चा गर्दै यसले निम्न आय भएका वर्गलाई विशेष फाइदा पुुग्ने विश्वास व्यक्त गरे ।

सांसद राधेश्याम अधिकारीले राष्ट्रिय शिक्षा आयोगले आफ्नो प्रारम्भिक प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमक्ष बुझाएको भन्नेबारेमा शिक्षामन्त्रीले सदनलाई जानकारी गराउन माग गर्दै प्रतिवेदनको मस्यौदा सांसदको पिजनहोलमा कहिले राख्ने ? भन्ने प्रश्न गरे ।

उनले संविधानमा सार्वजनिक, निजी, सहकारीकामार्फत शिक्षा विकास गर्ने भनिएको छ तर सरकारले यो कुरालाई बिर्सिएको छ भने ।

सांसद वृषेशचन्द्र लालले विगतमा तराई–मधेश घटनाका बारेमा छानबिन गर्न गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गराउन माग गरे । सांसद दीलकुमारी रावलले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार इटलियन कम्पनी सिएमसीले एकतर्फीरुपमा किन आफ्नो ठेक्का प्रक्रिया रद्द गरी आयोजनाको काम ठप्प गर्‍यो रु यसका बारेमा खानेपानी मन्त्रीले सदनमा जानकारी गराउन माग गरे ।

सांसद बद्रीप्रसाद पाण्डेले हालै दाङ, नुवाकोटमा भएका सडक दुर्घटना, कालिकोटका आगलागीका घटनामा परी अकालमा मृत्यु भएका परिवारजनलाई उचित राहत प्रदान गर्न र घाइतेको शीध्र उपचारको व्यवस्था मिलाउन माग गर्दै बूढीगण्डकी स्वदेशी कम्पनीले बनाउने प्रबन्ध मिलाउनुपर्छ भने।

उनले वैदेशिक रोजगारीका लागि मलेशिया जाने प्रक्रिया खोल्न र मेलम्ची खानेपानी आयोजनाका बाँकी काम सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद जीवन बुढाले कालिकोटको न्यौपाने बस्तीमा हालै आगलागी हुँदा त्यहाँका १७९ घरमध्ये ८७ घर जलेर नष्ट भएको, १३ जना घाइते भएको, रु तीन करोड छ लाख बराबरको क्षति भएकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै आगलागी भएको गाउँको पुनःनिर्माण प्रक्रिया अगाडि बढाउन संघीय सरकारले प्राथमिकता दिन माग गरे । उनले भने, ‘कणाली प्रदेशका अधिकांश घरका छाना खरले छाएका छन्, आगलागीको उच्च जोखिम हुन्छ । यसैले कर्णालीलाई खरको छानामुक्त बनाउन ध्यान जाओस् ।’

सांसद रामनारायण बिडारीले पुनःनिर्माण प्राधिकरणको समयावधि पुनःनिर्माणका लागि २ वर्षमात्र भएको सन्दर्भमा हालसम्म प्राधिकरणले के काम गर्‍यो ? यसका बारेमा सदनलाई जानकारी दिन माग गर्दै राष्ट्रिय गौरवको आयोजना काठमाडौँ बारा जोड्ने द्रुतमार्गअन्तर्गतको खोकना क्षेत्रका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद कोमल ओलीले पूर्व–पश्चिमअन्तर्गतको राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक आयोजनाको काम छिटो अगाडि बढाउन माग गरे । सांसद रामपृत पासवानले दलित जनजाति सूचीमा सूचीकृत गर्दा ध्यान दिन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस