३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी विरोधी कर्मचारी दुर्गममा सरुवा गर्न प्रदेश संसदको संघीय मन्त्रीलाई पत्र

अ+ अ-

काठमाडौँ । प्रदेशका एक जना संसदले पार्टीका राष्ट्रिय अध्यक्ष तथा संघीय सरकारका मन्त्रीलाई पार्टी विरोधी कर्मचारीलाई दुर्गम/अति दुर्गम क्षेत्रमा सरुवा गर्न पठाएको पत्र बाहिर आएको छ ।

प्रदेश नम्बर ५ का प्रदेश संसद सहसराम यादवको लेटरप्याडमा संघीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवलाई सम्बोधन गर्दै लेखेको पत्रमा १२ जना कर्मचारीको नामसहित सरुवा भई जाने कार्यालय र पार्टीको विरोधी तथा घोर विरोधीलाई दुर्गम/अति दुर्गम क्षेत्रमा सरुवा गर्न सिफारिस गरीएको छ ।

यसरी सिफारिस गरिएका कर्मचारीहरूमा कपिलवस्तु जिल्ला अस्पताल कार्यालयका एमविविएस डक्टरसहित स्टाफ नर्स, एच ए, अनमी, अहेव, सिअहेव गरी १२ जना स्वास्थ्यकर्मीहरू रहेका छन्, उनीहरूलाई विभिन्न ठाउँमा सरुवा गर्न भनिएको छ । जसमा तीन जना कर्मचारीलाई कैफियतमै खुटाएर पार्टीको घोर विरोधी रहेको उल्लेख छ ।

जिल्लास्थित विभिन्न निकायमा कार्यरत कर्मचारीहरूको सरुवाका लागि पत्र पठाएको बारे सत्य रहेको संघीय समाजवादी फोरम-नेपालका तर्फबाट संसद् रहेका सहसराम यादवले स्विकारेका छन् तर पार्टी विरोधी रहेकोले दुर्गममा सरुवा गर्ने भने नभनेको बताएका छन् ।

संसद्ले पार्टी विरोधी रहेको भन्दै लेटरप्याडमै कर्मचारी सरुवाको लिस्ट पठाउन मिल्छ ? भन्ने प्रशासन डटकमको प्रश्नमा संसद् यादव भन्छन्, ‘कर्मचारी बढी नै मनोमानी ढङ्गले काम गर्ने, जनताको हकहितमा काम नगर्ने, निजी क्लिनिक सञ्चालन गर्ने जस्ता काममा पार्टीले अलि राम्रो काम गर्नुस् जनतालाई सेवा दिनुहोस् भन्न खोजेको हो ।’

उनले पार्टीको घोर विरोधी, अलिकति विरोधी भन्ने बारे केही जानकारी नभएको बताउँदै राजनीतिमा अलिकति भने भइहाल्ने बताए । ‘अलिकति के हो भन्दाखेरि राजनीति हो’ उनले भने, ‘राजनीति गर्दा अलिकति राम्रो काम गरौ भन्ने हुन्छ ।’

यदि कर्मचारीले काम नगरेको हो भने, कैफियतमा काम नगरेको पो उल्लेख हुन्छ त तर पार्टीको घोर विरोधी त लेख्नुभएन नि भन्ने हाम्रो दोस्रो प्रश्नमा शंसद यादवले पार्टीको राष्ट्रिय अध्यक्ष भएकोले कुरा हुनु स्वाभाविकै भएको तर लिस्ट नै नपठाएको जिकिर गरे ।

कर्मचारीतन्त्रमा मौलाउँदै गएको चरम राजनीतिकरणले नागरिकले पाउनु पर्ने सेवामा असर परिरहेको गुनासो आइरहँदा पार्टीका एक जना जिम्मेवार व्यक्तिले नै आफ्नै लेटर प्याडमा पार्टी अध्यक्ष तथा मन्त्रीलाई विरोधी र घोर विरोधी जनाउँदै दुर्गममा सरुवा गर्न पत्राचार गर्नु आफैमा विडम्बना हो ।

हेर्नुहोस् पत्र

प्रतिक्रिया दिनुहोस