३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेचिलो बन्दै समायोजन, मन्त्रालयद्वारा प्रकाशित ज्येष्ठता सूचीमै त्रुटि

अ+ अ-

काठमाडौँ । कर्मचारी समायोजनको सँघारमा रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एक पछि अर्को आलोचनामा फस्दै गएको छ ।

अध्यादेश कर्मचारीको हित विपरीत भएको चौतर्फी गुनासोपछि पुनः ज्येष्ठता विवरणमा नै त्रुटि भेटिएपछि कर्मचारीको आक्रोश झन् बढेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणमा समायोजन हुने कर्मचारीहरूलाई सेवाको आधारमा आ.यो. तथा त.सेवा, इन्जि. सेवा, सी. जनरल, प्रशासन सेवा–सा.प्र., राजश्व समूह, लेखा समूह र विविध सेवा गरी ६ वर्गमा वर्गीकरण गरिएको छ ।

छुट्टाछुट्टै फाइलमा राखिएका उक्त विवरणहरू अद्यावधिक भने नभएको भेटिएको छ । प्रशासन डटकमलाई प्राप्त जानकारी अनुसार, कतिपय कर्मचारीहरूको नियुक्ति मिति नमिलेको, फरक सेवाका कर्मचारीलाई एउटै सुचीमा राखिएको, राजीनामा दिई निजामती सेवाबाट अलग भैसकेका कर्मचारीहरूको विवरण ज्येष्ठताको सूचीमा रहेको, ज्येष्ठता कुन आधारमा तयार गरिएको हो भन्ने स्पष्ट आँकलन गर्न नसकिने अवस्था देखिएको तथा हाल कार्यरत एउटा कार्यालयमा तर देखाइको अर्कै कार्यालयमा जस्ता थुप्रै त्रुटिहरू रहेका छन् ।

कर्मचारीको वृत्ति विकास तथा सेवा शर्तमा अनिश्चितता भएको भन्दै कर्मचारीहरू आन्दोलित भइरहेको वर्तमान परिवेशमा मन्त्रालयद्वारा प्रकाशित उक्त विवरणमा देखिएका थुप्रै त्रुटिहरूले कर्मचारी समायोजनको हालको बहसलाई झनै पेचिलो बनाउने सङ्केत देखिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्त्ता सुरेश अधिकारीले सबै रेकर्डहरू अपडेट नभएकोले त्रुटिहरू हुन सक्ने बताए ।

‘गुनासो, उजुरी दर्ता गर्न सक्ने व्यवस्था भएकोले त्रुटि सच्याउन सकिन्छ,’ प्रवक्त्ता अधिकारीले प्रशासनसँग भने, ‘केही त्रुटि भयो भन्दैमा त्यही आधारमा हुने हैन, त्यसमा भेरीफाई हुन्छ ।’

हेर्नुहोस् कर्मचारी समायोजन प्रयोजनार्थ कर्मचारीहरूको ज्येष्ठता विवरण

प्रतिक्रिया दिनुहोस