२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘ए’ डिभिजन लिग : एपिएफले आर्मीलाई २–१ गोल अन्तरले पराजित

अ+ अ-

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगित अन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दशौँचरणको खेलमा एपिएफले आर्मीलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । एपिएफको जितमा आशिष लामाले दुबै गोल गरेका थिए । पहिलो हाफसम्म गोलरहित बराबरीमा टुङ्गिएको खेलमा दोस्रो हाफको ५६औँ मिनेटमा एपिएफका आशिषले पहिलो गोल गरे । यस्तै खेलको ८५औँ मिनेटमा उनले श्याककुमार नेपालीको पासलाई सदुपयोग गर्दै व्यक्तिगत दोस्रो तथा विजयी गोल गरे ।

आर्मीका नवयुुग श्रेष्ठले खेलको ८६औं मिनेटमा एक गोल फर्काए पनि दोस्रो गोल फर्काउन नसक्दा आर्मी पराजित बन्यो । यो आर्मीको लिगमा दोस्रो हार हो । जितसँगै एपिएफ १० खेलबाट १६ अङ्क जोड्दै तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । आर्मी १८ अङ्कसहित चौँथो स्थानमा यथावत छ ।

प्रतिक्रिया दिनुहोस