२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँमा राष्ट्रिय महिला वन किसान सम्मेलन सुरु

अ+ अ-

काठमाडौँ । ‘संविधानमा सम्पत्ति माथिको अधिकार : पारिवारिक निजी वन महिलाको समृद्घिको आधार’ नाराका साथ काठमाडौँमा दुई दिने राष्ट्रिय महिला वन किसान सम्मेलन सुरु भएको छ ।

पारिवारिक निजी वन भएका महिलाहरूको हक अधिकार स्थापित, क्षमता अभिवृद्धि र प्राकृतिक स्रोत व्यवस्थापनमा अब्बल बनाउन आयोजित मेला सम्मेलन ५ र ६ गतेसम्म सञ्चालन हुने छ ।

पारिवारिक निजी वन सङ्घ नेपालद्धारा आयोजित यस महिला वन किसान सम्मेलनमा गोरखा,ताप्लेजुङ, पाँचथर, इलाम, झापा, धनकुटा, सङ्खुवासभा, सर्लाही, रौतहट, धनुषा, मकवानपुर, काभ्रे, बाँके, स्याङ्गजा र चितवन, बझाङ, हुम्ला, दाङ, बर्दिया, कैलाली लगायतका ४५ जिल्लाबाट सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । सम्मेलनमा प्रत्येक जिल्लाबाट दुई जना महिलाले प्रतिनिधित्व गरेका छन् ।

दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा पारिवारिक निजी वन र सो मा महिलाका चुनौती र अवसरको विषयमा केन्द्रित भएर ३ वटा कार्यपत्र सहित छलफल गरिने छ ।

महिला राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले स्थानीय तहमा महिलाको वन माथिको अधिकार सुनिश्चित गर्दै समृद्घिको बाटोमा लैजान पहल गर्ने बताए । काठको ओसार पसार र बेचबिखन अब स्थानीय सरकारको सिफारिसको आधारमा पारिवारिक निजी वनको काठ उपयोग गर्न पाउने व्यवस्था निकट भविष्यमै लागू गर्ने कुराको खुलासा गरे । उनले भने ,‘काठको आयात अब अन्त्य हुन्छ ।’ वन उद्यम धेरै भन्दा धेरै सञ्चालनमा ल्याउनु र महिलाको सहभागिता सुनिश्चित गर्नु आजको आवश्यक्ता रहेको मन्त्री बस्नेतले उल्लेख गरे ।

सामुदायिक वन उपभोक्ता महासङ्घकी केन्द्रीय अध्यक्ष भारती पाठकले वनमा निर्भर महिलाहरू धेरै जोखिममा रहेको हुँदा उनीहरूको सुरक्षाको जिम्मा मुख्य चुनौतीको रूपमा रहेको बताइन् । महिलाहरू प्रत्यक्ष रूपमा वन संरक्षणमा संलग्न रहने हुँदा सङ्घीय संरचनामा वन नीति महिला मैत्री हुनुपर्ने धारणा राखिन् ।

पारवारिकी निजी वन सङ्घ नेपालका अध्यक्ष जोग राज गिरीले वनमा महिलाको भूमिका उल्लेखनीय रहे पनि महिलाहरूलाई यसको उपयोग र फाइदा लिन बाट टाढा पारिएको बताए । गिरीले भने, ‘पारिवारिक वनबाटै महिला सक्षम हुन सक्छन् त्यसैले महिलालाई अवसरको खाँचो छ । ’

वनमा आधारित भएर महिलाहरूले परम्परागत ज्ञानबाट नै जीविकोपार्जनका लागि सहयोग पु¥याउदै आएका छन् । पछिल्लो समयमा वनमा महिलाहरू निकै सक्रिय भएको पाइन्छ । वन नै महिलाको समृद्धि र समानताको पूर्वाधार हो ।

पारिवारिक निजी वनको दर्ता निकै नै झन्झटले हुने र कानुनी प्रक्रिया सम्बन्धी पर्याप्त ज्ञानको अभावका कारण पनि महिला किसान आफ्नो बारीमा बिरुवा रोप्ने विषयमा अझै अन्योलमा छन् ।

यदि कानुनी प्रक्रिया पूरा गरी दर्ता गर्न सकियो भने निश्चय पनि यसले भविष्यमा नेपाल सरकारबाट प्राप्त सेवा सुविधा पाउने, आफ्नो रुखहरूबाट लाभ लिन सकिने विश्वास पारिवारिक निजी वन किसानले गरेका छन् ।

पारिवारिक निजी वन सङ्घ, नेपालकी उपाध्यक्ष इन्दिरा घिमिरेले सम्मेलनको उद्देश्य बारे प्रकाश पार्दै सङ्घ, प्रदेश, स्थानीय सरकारले साना जग्गा भएका पारिवारिक निजी वन किसान मैत्री नीति, ऐन, नियमावली, निर्देशिका, कार्यविधि,मार्गदर्शन तयार गरेर अगाडि बढ्नु आजको आवश्यकता रहेको जानकारी दिइन ।

प्रतिक्रिया दिनुहोस