३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी व्यवस्थापनबारे भारतीय अभ्यास बुझ्दै मन्त्री पण्डित

अ+ अ-

काठमाडौँ । कर्मचारी व्यवस्थापनबारे भारतीय अभ्यास बुझ्न भारत भ्रमणमा रहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित आज इन्डिएन स्कुल अफ् पब्लिक एडमिनिस्ट्रशनमा आयोजित भारतीय प्रशासन पद्धतिका विषयमा हुने प्रस्तुती र अन्तरक्रियामा सहभागी हुँदैछन् ।

संघीय संरचनामा कर्मचारी व्यवस्थापन र पुनःर्संरचनाको अभ्यास एवं अनुभव साटासाट र अध्ययनका लागि भारत भ्रमणमा रहेका मन्त्री पण्डितले हिजो भारतका केन्द्रीय कर्मचारी प्रशासन राज्यमन्त्री डा. जितेन्द्र सिंह सँग भेट गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्त्ता तथा भ्रमण टोलीका सदस्य सुरेश अधिकारीले जानकारी दिए ।

भेटका अवसरमा मन्त्री पण्डितले नेपाल प्रशासनिक पुनःसंरचनाको क्रममा रहेको तीन तहमा नै कर्मचारी व्यवस्थापन गर्ने कार्य प्रारम्भ भएको र यस सिलसिलामा भारतको अनुभव नेपालका लागि समेत उपयोग हुने विश्वासका साथ भारत भ्रमण गरेको जानकारी गराएको अधिकारीले बताए । भेटमा भारतका राज्यमन्त्री सिंहले भारतीय प्रशासनिक पद्धतिबारे नेपालको भ्रमण टोलीलाई जानकारी गराएका थिए ।

मन्त्री पण्डितले सोमबार संघीय लोकसेवा आयोगका अध्यक्ष अरविन्द सक्सेनासँग भेटेका थिए । उनीसँगको भेटमा कर्मचारी भर्ना प्रणाली, योग्यता पद्धति, समावेशी वा आरक्षण पद्धति, परीक्षा संचालनलगायत विषयमा छलफल भएको उनले बताए ।

यसैगरी शुक्रबार भारतीय कर्मचारी प्रशासन विभागका दुई जना सहसचिवहरुले भारतीय प्रशासनिक पद्धतिका विविध पक्षमा छलफल गर्ने कार्यक्रम तय भएको छ ।

मन्त्री पण्डितको भ्रमण टोलीमा नेपालको तर्फबाट मन्त्रालयको प्रशासन सुधार महाशाखा प्रमुख सहसचिव भूपाल बराल र स्थानीय तह क्षमता विकास महाशाखा प्रमुख सहसचिव सुरेश अधिकारी रहभागी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस