२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रिय समायोजन

अ+ अ-

प्रिय समायोजन
तिमी कस्कालागी हौ जाती ?
कि हौ तिमी पक्षपाती !

तिमी पवित्र हौ कि अपवित्र हौ ?
म दोमनमा छु,
यदि पवित्र हुन्थ्यौ भने
सबैको हृदयमा बस्नु पर्ने हो
सबैका मुखारबिन्दु बाट
जयजयकारको आवाज बुलन्द हुनुपर्ने ।
यदि अपवित्र हुन्थ्यौ भने
घृणित वासना सङ्गै
तिरस्कारमा रुमलिनुपर्ने !!

प्रिय समायोजन
तिमी कस्कालागि हौ जाती ?
कि हौ तिमी पक्षपाती !

केहिले त तिम्रो जयजयकार गरेकै सुन्छु
तर धेरै सजीव मनहरू
तिमी सङ्ग अत्तालिएर
तिम्रा हरेक शब्दशब्दमा
भाव र बिचारहरूमा
दमन र शोषणको आभास पाउँछन्
अन्याय र विभेदको चरमसिमा सङ्गै
२ ग्रेडको कामवासनामा
नचाहँदा नचाहँदै
समर्पित हुनुपर्ने आभास ठान्छन् !

प्रिय समायोजन
तिमी कस्कालागी हौ जाती ?
कि हौ तिमी पक्षपाती !

प्रिय समायोजन
तिमीले त्यस्तो पोखरी बनायौ
ठुलो पोखरी ,गहियो पोखरी
जहाँ तिमीले
पानीलाई स्पर्श गर्न सिकायौ
डुब्न सिकायौ, उत्रन सिकायौ
पौडी खेल्ने कला सिकायौ
डुङ्गा खियाउन सिकायौ
तर विडम्बना !
पोखरी बाट बाहिर निस्कन
न त कुनै उपाय सिकायौ
न त कुनै भर्‍याङ बनायौ
कृपया सक्छौ भने
भर्‍याङ बनाइदेऊ
या त निस्कने बाटो देखाइदेऊ ।
हामी डुङ्गा खियाउने मात्र होइन
जहाज चलायर उडन चाहन्छौ !

प्रिय समायोजन
तिमी कस्कालागी हौ जाती ?
कि हौ तिमी पक्षपाती !

मलाई लाग्थ्यो
तिमी सर्वस्विकार्य हुनु पर्ने थियो
मनमा कुन्ठा होइन
मुस्कान र सन्तुष्टि सहित
तिम्लाइ जयजयकार गर्नुपर्ने थियो
तर तिमीले त्यसो गरेनौ
या गर्न चाहेनौ !
के तिम्लाइ थाहा छ?? तिनीहरू को हुन ?
याद राख,
तिनीहरू ५६१ ठुला महल बनाउने
अदृश्य ज्यामी र मजदुर हुन
र तिमी काम दिने मालिक हौ
यदि ज्यामी बेखुसी भयो भने
उसलाई मुस्कुराउन सिकायनौ भने
मनमा पिडा बोध गरायौ भने
अवस्था महलहरू बनाउँदा
खम्बाहरू बाङ्गा र टेडा हुनेछन्
दिवालहरु बाङ्गा हुनेछन्
कालान्तरमा महल छिट्टै भत्किनेछ
आफ्नो आयु भन्दा धेरै अगाडी नै।।।
हो आफ्नो आयु भन्दा धेरै अगाडी नै

प्रिय समायोजन
तिमी कस्कालागी हौ जाती ?
कि हौ तिमी पक्षपाती !

खरिदार
कञ्चन गाउँपालिका
रुपन्देही ।

प्रतिक्रिया दिनुहोस