काठमाडौं । सीके राउतलाई जेल चलान गरिएको छ ।
राज्य विरुद्धको संगठित अपराध मुद्दामा पक्राउ परेका राउतलाई जिल्ला अदालत, रौतहटले बिहीबार पुर्पक्षका लागि जेल चलान गर्नआदेश दिएको हो ।
२१ असोजमा रौतहटबाट पक्राउ परेका राउतको परिवारले १२ कात्तिकमा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । तर, सर्वोच्चले राउतलाई रिहा गर्न परेको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेपछि उनलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।