सुनसरी । सुनसरीको दुहबीमा एक जनालाई गोली हानि हत्या गरिएको छ ।
दुहबी ९ छाताबेलीस्थित जय बाबा इँटा उघोगमा कार्यरत म्यानेजर ५४ वर्षीय फिदा हुसेनमाथि गोली प्रहार भएको हो।
अज्ञात समूहले हानेको गोली लागी उनलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
उनलाई आज बिहान ६ः३० बजेको समयमा गोली प्रहार भएको थियो ।
गोली कसले र किन प्रहार गर्यो भन्नेबारे अनुसन्धान भइरहेको र गोली प्रहार गर्ने समूहको खोजी कार्य भइरहेको प्रहरी अधिकारीको भनाइ छ। घटनास्थलमा ३ वटा गोलीका खोका बरामद गरिएको छ।