डोटी । डोटीस्थित दुई जना पत्रकार सम्मानित भएका भएका छन् । पत्रकारिताको माध्यमबाट जिल्लाको समसामयिक विषयवस्तुहरू उठान गर्दै सभ्य समाज निर्माणमा रचनात्मक योगदान दिएको भन्दै गैरसरकारी संस्था महासंघ डोटी शाखाले पत्रकार रामहरि ओझा र मोहन शाहीलाई सम्मान गरेको हो ।
डोटी शाखाको सातौँ अधिवेशनको अवसरमा पत्रकार द्धय सम्मानित भएका हुन । ओझा डोटीबाट प्रकाशन हुने बिम्ब साप्ताहिकका सम्पादक हुन् भने शाही कान्तिपुर अनलाइनका प्रतिनिधि हुन ।
महासंघले गैर सरकारी संस्थामा लामो समयसम्म काम गरी हाल स्थानीय तहमा जनप्रतिनिधि भएका पाँच जनालाई पनि सम्मान गरेको छ । सम्मानित हुनेहरूमा जिल्ला समन्वय समिति उपप्रमुख शशी सोव, दिपायल सिलगढी
नगरपालिकाकी प्रमुख मञ्जु मलासी, सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेल, उपाध्यक्ष बिष्णा सिंह र जोरायल गाउँपालिकाकी उपाध्यक्ष जमुना बोहरा रहेका छन् ।
सम्मानित सबैलाई अधिवेशन उद्घाटन सत्रका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख रामबहादुर ऐर र प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले प्रमाण पत्र प्रदान गरेका थिए ।