२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जाडो छल्न आगन्तुक चरा शुक्लाफाँटा सिमसार क्षेत्रमा

अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सिमसार क्षेत्रमा जाडो छल्न आगन्तुक चरा आउने क्रम शुरु भएको छ ।

सिमसार क्षेत्रमा चराको चहलपहल बढ्न थालेको छ । उत्तरी ध्रुवमा चिसो बढ्न थालेपछि साइबेरियालगायतका क्षेत्रबाट चिसो छल्न सिमसार क्षेत्रमा विभिन्न प्रजातिका चरा पुग्ने गरेका छन् । हिउँदको बेला साइबेरिया क्षेत्रमा चिसो अत्यधिक हुने र आहाराको कमी हुने भएकाले जाडो छल्न र आहाराको खोजीसँगै यसतर्फ चरा आउने गरेका हुन् ।

निकुञ्जका रानीताल, सलगौडीताल, कालीकिचताल, चौधर नदी, महाकाली नदी, शिकारी ताल र तारा ताल क्षेत्रमा साइबेरियाली चराको चहलपहलमा बढोत्तरी भएको निकुञ्जका सहायक संरक्षण अधिकृत उत्तम चौधरीले बताए ।’ प्रतिवर्ष कात्तिक महीना देखिनै साइबेरियाली चरा यहाँ आउने क्रम शुरु हुन्छ । उनले भने, ‘सिमसार क्षेत्रमा बच्चा कोरलेर आगन्तुक चरा चैतदेखि जेठ महीनासम्म पुनः साइबेरियालगायतका क्षेत्रमा फर्कने गरेका छन् ।’

साइबेरियाली चरा माघ र फागुन महीनामा झनै बढी यहाँका सिमसार क्षेत्रमा पुग्ने गरेको उनको भनाइ छ । सिमसार क्षेत्रमा चराको चहलपहल हेर्न निकुञ्जमा पर्यटकको आवागमनमा वृद्धि हुने गरेको छ । चौधरीका अनुसार कात्तिक महीनामा मात्रै निकुञ्जमा ६०० पर्यटक आएका छन् । उनले भने,’अझै बढ्ने अनुमान गरेका छौँ ।’

निकुञ्जमा रहेका प्राकृतिक तालको व्यवस्थापन र कृत्रिम पोखरी निर्माणले चरा आउने क्रममा विगतको तुलनामा बढोत्तरी भएको उनले बताए । एक तालमा ३० देखि १५० प्रजातिका चरा एकसाथ हेर्न सकिने भएकाले धेरै पर्यटक यसबेला पुग्ने गर्छन् । उनले भने, ‘यो चरा हेर्नेका लागि गन्तव्य नै हो ।’ गत वर्ष निकुञ्जमा विशेषज्ञको सहयोगमा जलपक्षी गणनामा ५८ प्रजातिका तीन हजार ६४१ वटा आगन्तुक जलपक्षी फेला परेका थिए ।

निकुञ्जमा १९ प्रजातिका चरा रहेका छन् । निकुञ्जमा रहेका ४२३ प्रजातिका चरामध्ये विश्वका दुर्लभ सूचीका १९ प्रजातिका चरा छन् । नेपालमा पाइने ८७८ प्रजातिका चरामध्ये शुक्लाफाँटामा ४२४ प्रजातिका चरा पाइने गरेका छन् ।

गिद्धका चार र मयूरका दुई प्रजातिसँगै सिम तित्रा, सारस, भुँडीफोर गरुड, बोक्सी चील, जीवहारा महाचील, लघु महाचील, सानो बौंडाइ, राजलाहाँचे, बङ्गाले बगेडी, सुनौलो तोपचरा, नर्कट भ्याकुर, काँसे घाँसेचरी र सेतो कष्ठे घिप्सी यहाँ संरक्षित छन । चरासँगै निकुञ्ज बाह्रसिङ्गा र पाटेबाघका लागि पनि प्रसिद्ध रहेको छ । निकुञ्जको क्षेत्रफल ३०५ वर्ग किलोमिटर रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस