२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चाडपर्व सकिना साथ वनभोजले भरिभराउ पर्यटकीयस्थल

अ+ अ-

बाँके । नेपालीका प्रमुख चाडपर्व दशैँ तिहार सकिनाका साथै जाडो याम पनि शुरु भइसकेको छ ।

तिहारमा देउसी–भैलो खेलेर मनोरञ्जनसँगै आर्थिक सङ्कलन गर्नेमध्ये कसैले सामाजिक काममा ती रकम सदुपयोग गर्दै आएका छन् भने कसैले वनभोजमा खर्च गरिरहेका पाइन्छ । तिहार सकिएलगत्तै यहाँ वनभोजमा आउने लहर शुरु भएको छ । जिल्लाका विभिन्न पर्यटकीयस्थलमा दैनिकजसो सयौँ युवायुवती वनभोजका लागि आउने गर्छन् ।

हिजोआज यहाँ वनभोजमा आउनेको घुइँचो लागेको छ । अधिकांश पर्यटकीय क्षेत्र बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएका छन् । निकुञ्जमा चराचुरुङ्गी देखिनाका साथै वातावरणीय सुन्दरताका कारण पनि ती स्थान पर्यटकका लागि महत्वपूर्ण स्थलको रुपमा विकसित हुँदै आएका हुन् । हरेक समूहले आआफ्नै तरिकाले बाजागाजा तथा भेषभूषामा सजिएर वनभोज मनाइरहेका देखिन्छन् । वनभोजमा आएकाको रौनक नै बेग्लै देखिन्छ ।

साथीहरु जम्मा भएर तिहारमा देउसी–भैलो खेल्ने र वनभोज खाएर रमाइलो गर्ने यहाँको प्रचलन नै भैसकेको छ । बर्दिया बाँसगढी नगरपालिकाका भूपेन्द्र खड्का बाँकेको अगैयास्थित राप्ती नदी किनारमा रहेको पार्कमा रमाउँदै देउसी–भैलो खेलेर सङ्लित रकमले साथीसँग रमाइलो गरिरहेको बताए ।

‘देउसी–भैलोबाट उठेको रकम वनभोजमा खर्च गर्न हामी यहाँ आएका हौँ’, खड्का भन्छन्,’चाडपर्वमै साथीसङ्गी एकापसमा भेट भएर रमाइलो गर्छौं । अन्य समयमा त भेटघाट नै हुँदैन, चाडपर्व पारेरै रमाइलो गर्ने त हो नि ‘यहाँका प्राय सबै पर्यटकीयस्थल वनभोजमा आएका समूहले भरिभराउ भएका छन् ।

गाभर भ्यालीमा वनभोजमा आउनुभएका सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१३ का रमेश आचार्य पनि चाडपर्व सकिएसँगै देउसी–भैलोबाट सङ्कलन भएको रकमले साथी रमाइलो गर्दै वनभोज गर्न आएको बताउछन् । आफूहरूमा देउसी–भैलो खेलेपछि वनभोज गर्ने परम्परानै भएको उनको भनाइ छ ।

आचार्य भन्छन्,’हामी रमाइलो मात्रै गर्दैनौँ, साथीभाइसँग एकै ठाउँमा भेला भएर भविष्यका योजना बुन्नाका साथै नयाँ र पुराना पुस्ताबीच घुलमिल पनि गराउँछौँ ।’ वनभोजलाई साथीको बिदाइ, विभिन्न सङ्घसंस्थाका साधारणसभा, पारिवारिक भेटघाटजस्ता अवसरका रुपमा पनि लिइन्छ ।

यहाँको गाभर भ्याली र अगैया मात्र नभई ढकेरी, मानखोला, चट्टारलगायत पर्यटकीयस्थल वनभोज टोलीले भरिभराउ छन् । वनभोजका लागि बाँकेसँगै बर्दिया, दाङ र सुर्खेतबाट पनि छुटृाछुटृै टोली आउने गरेको गाभर भ्याली सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्णलाल चौधरी बताउछन् ।

वनभोज खान जानेको चहलपहल बढेसँगै बाँके राष्ट्रिय निकुञ्ज घुम्ने आन्तरिक पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएको छ । निकुञ्जलगायत अन्य पर्यटकीय क्षेत्रमा दृश्यावलोकनका साथै घुमघाम गर्नेको सङ्ख्या वृद्धि भएको जानकारी दिँदै चौधरीले भन्छन्, ‘शनिबारका दिन धेरै भीड हुने गरेको छ ।’

शनिबार सार्वजनिक बिदा हुने भएकाले विद्यार्थी तथा कर्मचारी परिवारका साथ घुम्नका लागि पनि ती स्थान पुग्ने गर्छन् । ढकेरीमा मात्र दैनिक आठदेखि १५ वटासम्म टोली पुग्ने गरेका छन् । गाभरमा पनि वनभोज टोलीको उस्तै भीडभाड हुने गरेको छ । ‘कात्तिकदेखि वनभोज शुरु भइ यो क्रम वैशाख महिनासम्म चल्छ ।

प्रतिक्रिया दिनुहोस