२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा नयाँ डिभिजन कार्यालय स्थापना

अ+ अ-

डोटी । जिल्ला सदरमुकाम सिलगढी डोटीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

कार्यालयको उद्घाटन पछि बोल्दै प्रदेश नम्बर ७ का आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले जनतालाई छिटो छरितो र गुणस्तरीय सेवा लिन सहयोग पुग्ने बताए । उनले भने –हाम्रो स्वास्थ्यसँग सम्बन्धित गुणस्तरीय तथा खानयोग्य छ की छैन भनेर चेक जाँज गर्ने महत्त्वपूर्ण कार्यालयको स्थापना भएको छ, यसले सेवा क्षेत्रका जिल्लावासीहरूको खाद्य गुणस्तरमा सुधार आउने कुरामा विश्वस्त छु ।

स्वास्थ्य नै धन हो भन्ने मूल मर्मलाई आत्मसाथ गरी छिटो छरितो, निष्पक्ष रूपमा सेवा प्रवाह गर्न समेत कर्मचारीहरूलाई सुझाव दिएका थिए ।

खाद्य चिज बस्तुको उत्पादन मिति, प्रयोगको अवस्था र गुणस्तरको बारेमा बजार अनुगमन लगायतका काम गर्ने उद्देश्यसहित कार्यालयको स्थापना भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका निमित्त प्रमुख नारायण सिंह रावतले बताए । स्थापना गरिएको डिभिजन कार्यालले डोटी, अछाम र बाजुरा जिल्लालाई पनि हेर्ने रावतले जानकारी दिए ।

कार्यालय स्थापना हुनुभन्दा पहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय कैलालीले डोटीलाई हेर्दै आएको थियो । खाद्य तथा गुण नियन्त्रण विभाग अन्तर्गत २४ वटा डिभिजन कार्यालयको स्थापना गरिएको छ जसमध्ये प्रदेश नम्बर ७ मा ३ वटा डिभिजन कार्यालयहरूको स्थापना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस