२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जासुसी संयन्त्रले ‘आँखा’को काम गर्नुपर्छ–गृहमन्त्री थापा

अ+ अ-

राष्ट्रिय अनुसन्धान विभाग

काठमाडौँ, ९ कात्तिक । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय अनुसन्धान विभाग बलियो बन्नसके मात्रै मुलुक बलियो हुने बताएका छन् ।

विभागमा आज आयोजित १८औं अनुसन्धान अधिकृत आधारभूत तालिम, दिक्षान्त कार्यक्रममा गृहमन्त्री थापाले जून मुलुकको जासुुसी संयन्त्र बलियो छ तिनै मुलुकले आर्थिक र सामाजिक विकास गरीरहेको टिप्पणी गरे ।

अन्य सुरक्षा निकायलाई औँला र विभागलाई आँखाको संज्ञा दिँदै मन्त्री बादलले सबै निकायबीचको समन्वयमा मात्रै अपराधका घटना नियन्त्रण गर्न सकिने बताए ।

‘विभागले आँखाको रुपमा राष्ट्र र समाजका शत्रुहरुलाई पहिचान गर्ने, लक्ष्य तथा प्रहार स्पष्ट पार्नेे काम गर्नुपर्छ’, उनले भने –’यसले संकेत गरेका आधारमा अन्य सुरक्षा निकायले औंलाको काम गरी ट्रीगर दबाउनुपर्छ ।’

विभागले वस्तुनिष्ठ सूचना, तथ्य र तथ्यांक संकलन गर्न आवश्यक रहेकोमा जोड दिँदै गृहमन्त्री थापाले कल्पनाको आधारमा योजना बनाउँदा असफल हुने बताए ।

‘योजना बनाउन पर्याप्त सूचना आवश्यक हुन्छ र त्यसका लागि तपाईहरुले अझै मिहिनेत गर्नुहोस् ।’ थापाले भने–’बिभिन्न नाममा देशमा अस्थिरता निम्ताउन खोज्नेहरु सक्रिया भईरहेका छन्, तिनको निगरानी बढाउनुहोस् ।’

गृहसचिव प्रेमकुमार राईले विभागको महत्व धेरै भएपनि सो अनुसार काम हुन नसकेको बताउँदै यसलाई थप प्रभावकारी बनाउने तयारी भईरहेको जानकारी दिए ।

अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीले राज्यको आवश्यकता र सोँच अनुसार आफूहरु परिवर्तित भई काम गर्न तयार रहेको स्पष्ट पारे ।

तीन महिना चलेको सो तालिममा उत्कृष्ट प्रशिक्षार्थी किरण भट्टराई सहित २२ जना प्रशिक्षार्थीहरुलाई कार्यक्रममा गृहमन्त्री थापाले प्रमाणपत्र प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस