२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्मला हत्या प्रकरणमा २६ प्रहरीमाथि छानबिन

अ+ अ-

भीमदत्तनगर,रासस । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया किशोरी निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको छ ।

गत भदौ ३१ गते सरकारले प्रहरी अतिरित्त महानिरीक्षक धिरु बस्न्यातको संयोजकत्वमा गठन गरेको छानबिन समितिले निर्मला प्रकरणमा अनुसन्धानमा प्रहरी कर्मचारीको भूमिका र सम्पादन भएका कार्यको सुक्ष्म अध्ययन गर्दै टोली शुक्रबार भीमदत्तनगर आइपुगेको छ।

गठन भएकै समयदेखि तोकिएको जिम्मेवारी अनुसार अनुसन्धानमा खटिएको प्रहरी अतिरित्त महानिरीक्षक बस्न्यातको टोलीले अनुसन्धानमा खटिएका यहाँका २६ जना प्रहरीमाथि छानबिन भइरहेको जनाएको छ।

‘अनुसन्धानका क्रममा प्रहरीबाट भएको कमजोरी र भूमिका शंकास्पद देखिए हामी कडाभन्दा कडा कारवाही गछौं,’ आज बिहान कञ्चनपुरका सञ्चारकर्मीसँग घटनाबारे छलफल गर्दै छानबिन समितिका संयोजक प्रहरी अतिरित्त महानिरीक्षक धिरु बस्न्यातले भने, ‘छानबिन टोली दिनरात नभनेर अनुसन्धानमा खटिएको छ।’

संयोजक बस्न्यातले घटनासँग सम्बन्धित सूचना दिन सबैपक्षसँग आग्रहसमेत गरेका छन्। शुक्रबार यहाँ पुगेलगत्तै निर्मला पन्तका पीडित परिवार, घटनास्थल, यसअघि घटनाका अभियुक्त बनाइएका दिलीपसिंह विष्टका परिवारसँग समेत छानबिन समितिले भेट गरेको छ।

त्यसैगरी आज बिहान टोलीले घटनाकै विषयमा महिला तथा मानव अधिकारकर्मीसँग छलफल गरेको छ। छानबिन समितिसँगको छलफलमा तत्कालीन अवस्थामा अनुसन्धानमा खटिएका प्रहरीले गम्भीर लापरवाही गरेको र घटना लुकाउन भूमिका खेलेको भन्दै कारवाहीको माग समेत यहाँ गरिएको छ।

गत साउन १० गते साथीको घरबाट स्कुलको गृहकार्य सकेर घर जाँदै गरेकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो।

प्रतिक्रिया दिनुहोस