२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडीमा सशस्त्र प्रहरीको गुल्म स्थापना

अ+ अ-

बैतडी । सबै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति गराउने सरकारको निर्णयअनुसार बैतडीमा पहिलो पटक सशस्त्र प्रहरी बलको गुल्म स्थापना भएको छ ।

शान्ति, सुरक्षा र सीमा अपराध न्यूनीकरणका लागि भन्दै सशस्त्र प्रहरी बल नेपाल, गुल्म हेडक्वाटर नं ५१ कार्यालय रूपमा गुल्म स्थापना गरिएको हो । सरकारले गत साउनमा सबै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति गराउने निर्णयानुसार जिल्लास्तरीय कार्यालयको रूपमा सदरमुकामस्थित गढीमा गुल्म हेडक्वाटरको नं ५१ कार्यालय स्थापना भएको छ ।

गुल्मले जिल्लामा शान्ति, सुरक्षा कायम गर्नका लागि अन्य सुरक्षा निकायहरूसँग मिलेर काम गर्ने सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गादत्त पन्तले बताए । गुल्ममा तत्कालका लागि सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा १ सय ६० जनशक्ति रहने भएको छ । अर्को व्यवस्था नहुँदासम्म सशस्त्र प्रहरी अहिले साविकको डिभिजन सहकारी कार्यालय र साविकको जिल्ला कृषि विकास कार्यालयको भवनमा बसिरहेको छ ।

कार्यालय स्थापना भएसँगै समुदायमा शान्ति स्थापनार्थ गस्ती, हुलदङ्गा नियन्त्रण, विपद् व्यवस्थापन, लागूऔषधलगायत अवैध सामग्री नियन्त्रण, चोरी निकासी, पैठारी र शान्ति सुरक्षा मजबुत बनाउनेजस्ता काममा आफूहरू सक्रिय हुने जनाइएको छ ।

सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने, सीमारक्षा गर्ने उद्देश्यसहित सशस्त्र प्रहरीको गुल्म स्थापना भएको गुल्मले सीमा क्षेत्रको रक्षाको म्याडेण्ड पनि सशस्त्र प्रहरीले पाएकाले पछि सीमा क्षेत्रमा पनि सशस्त्र प्रहरी खटिने प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए ।

प्रतिक्रिया दिनुहोस