१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीको सरुवा प्रणालीलाई स्वचालित र चक्रिय बनाउन माग

अ+ अ-

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले नयाँ बन्ने संघीय निजामती सेवा ऐनमा सरुवा प्रणालीलाई स्वचालित, पूर्वानुमानयोग्य र चक्रिय बनाउन माग गरेको छ ।

प्रस्तावित ऐनमा भएको सरुवा व्यवस्था कर्मचारीको हित अनुकूल नभएको संगठनको ठहर छ । संगठनको गत शनिबार बसेको चौथो केन्द्रीय बैठकले समेत सरुवा प्रणाली स्वचालित, पूर्वानुमानयोग्य र चक्रिय बनाउनुपर्ने निर्णय गरेको छ । बैठकले यससँगै विभिन्न १९ ओटा निर्णय पनि गरेको छ ।

संगठनका महासचिव रेवन्त पौडेलले आज विज्ञप्ति जारी गरी बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकले सबै कार्यालयमा ‘फस्ट कम, फस्ट सर्भिस’का लागि टोकन प्रणाली र इ–सर्भिस सेवा लागू गर्न, सबै निकायमा पर्याप्त कर्मचारी खटाउन, कर्मचारी समायोजन नियमावली २०७४ अनुसार प्रदेश र स्थानीय तहमा कर्मचारी खटाउन सरकारसँग आग्रह गर्नेलगायत निर्णय गरेको छ ।

ट्रेड युनियन कर्मचारी खटनपटनको बाधक होइन
स्थानीय तथा प्रदेश तहमा कर्मचारी खटाउन नसक्नुमा राज्यको दोष भएको नेपाल संगठनको आरोप छ ।

‘तोकिएको ठाउँमा दिईएको जिम्मेवारी पुरा गर्नुपर्छ भन्ने आवाज उठाई रहँदा राज्यको तर्फबाट खटनपटन नगरिएको तितो यथार्थ म पत्रकार साथिहरुलाई राख्न चाहन्छु’ संचारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार प्रसाद देवकोटाले भने ।

अध्यक्ष देवकोटाले सात दिन भित्र खटाउन सकिने अवस्थामा पनि बिभिन्न मान्छेहरुका बिभिन्न स्वार्थहरुका कारण समयमै स्थानीय तथा प्रदेशमा कर्मचारी खटनपटनमा समस्या भएको बताए ।

संघीय संरचनाअनुशार आवश्यक कर्मचारी पठाउन सरकारलाई दवाव दिईरहेको बताउँदै उनले भने, – ‘ट्रेड युनियन कर्मचारी खटनपटनको बाधक होइन, सहयोग र समन्वय गरिरहेको छ । तर खटाउने निकायले नै समयमा नखटाएको तितो यथार्थ हो ।’

अस्पतालमा हड्ताल र जुलुस नगर्न आग्रह
बैठकले प्रा.डा. गोविन्द केसीको संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अस्पतालजस्तो संवेदनशील निकायमा सेवा अवरुद्ध हुँदा बिरामीको उपचारमा गम्भीर असर पर्न सक्ने भएकाले हड्ताल, जुलुसजस्ता अवरोध नगर्न सबैलाई आग्रह गरेको छ ।

उपचार गर्न छोडेर सडकमा गरिरहेको आन्दोलनमा नेपाल निजामती कर्मचारी सहमत हुन नसक्ने बताउँदै अध्यक्ष देवकोटाले मागहरु वार्ता तथा सहमतिबाट पुरा गरिनु पर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस