३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२८ सहसचिवको सरुवा र पदस्थापन

अ+ अ-

काठमाडौं । सरकारले २८ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले केही दिन अघि लोकसेवाले सिफारिस गरेका १२ नयाँ सहसचिवको पदस्थापन गरेको छ भने १६ सहसचिवलाई बिभिन्न ठाउँमा सरुवा गरेको छ ।

यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेका सहसचिव रुपनाराण भट्टराईलाई श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका छन् । उनलाई बैदेशिक रोजगार विभाग पठाउने तयारी रहेको स्रोतले बताएको छ । भट्टराईलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री मन्त्री रघुवीर महासेठले मन्त्रालय तानेको थियो ।

सरुवा तथा पदस्थापना भएका सहसचिवहरुमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समूहबाट शिवलाल तिवारीलाई प्रदेश प्रमुखको कार्यालय, हेटौडा, शेषनारायण पौडेललाई पोखरा महानगरपालिकाको कार्यालय, कास्की, चक्रपाणी पाण्डेलाई घोराही उपमहानगरपालिकाको कार्यालय दाङ्ग, सुमन घिमिरेलाई धरान उपमहानगरपालिकाको कार्यालय, सुनसरी, तोयनारायण सुवेदीलाई नेपालगंज उपमहानगरपालिकाको कार्यालय बाँके सरुवा गरिएको छ । त्यसैगरी शिव कुमार कार्कीलाई सिमरा उपमहानगरपालिकाको कार्यालय, बारा, छविलाल रिजाललाई ईटहरी उपमहानगरपालिकाको कार्यालय, ज्ञानराज सुवेदीलाई सामाजिक विकास मन्त्रालय, १ नं. प्रदेश, विराटनगर, पुष्पराज शाही हेटौडा उपमहानगरपालिकाको कार्यालय, उमेश ढुङ्गानालाई जनकपुर उपमहानगरपालिकाको कार्यालय, हुमकला पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भीष्मकुमार भूसाल विरगंज महानगरपालिका, पर्सा सरुवा गरिएको छ ।

त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत गोपीकृष्ण खनाल प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय योजना आयोगमा कार्यरत तुलसी प्रसाद गौतम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन् । उद्योग वाण्ज्यि तथा आपूर्ति मन्त्रालयमा कार्यरत जानकी बल्लभ अधिकारी लोकसेवा आयोग वा अन्तर्गत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समूहमा कार्यरत भूपाल वराल सोही मन्त्रालयमा, सामान्यको अतिरिक्त समूहबाटै सनत के.सीको राष्ट्रिय पुननिर्माण प्राधिकरणमा, आनन्दराम रेग्मीको संचार तथा सूचना प्रविधि मन्त्रालयमा, नीता पोखरेल अर्याल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा, शिवराम न्यौपाने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् । यस्तै दिनेश भट्टराईको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ ।

मन्त्रिपरिषद्को कार्यालयका अनुशार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत रुपनारायण भट्टराईको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका शंकर अर्यालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेतमा कार्यरत विद्यानाथ झाको मुख्य मन्त्रीको कार्यालय, कर्णाली प्रदेश, वन तथा वातावरण मन्त्रालयमा कार्यरत धिरेन्द्र कुमार प्रधानको उद्योग पर्यटन , वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेत, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत आभा श्रेष्ठको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समूह, सामाजिक विकास मन्त्रालय, प्रदेश नं. १, विराटनगरमा कार्यरत वासुदेव शर्माको मुख्य मन्त्रीको कार्यालय, प्रदेश नं. १, विराटनगर र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत रामकृष्ण सापकोटाको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस