३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनजीओको सिफारिसमा राज्यकोषको करोडौं फिर्ता

अ+ अ-

काठमाडौं । विभिन्न हिमालको आरोहण क्रममा राज्यकोषमा जम्मा भएको करोडौं धरौटी रकम पर्यटन विभागले एनजीओको सिफारिसमा फिर्ता दिने गरेको पाइएको छ।

सगरमाथा, ल्होत्से र नुप्सेलगायत हिमाल आरोहणका क्रममा फोहोर व्यवस्थापन गर्ने शर्तमा राखिएको रकम स्थानीय संस्थाको सिफारिसमा फिर्ता दिने गरिएको हो।

कानुनी आधारबिनै सोलुखुम्बुमा दर्ता भएको सगरमाथा प्रदूषण नियन्त्रण समिति नामको संस्थाले दिएको पत्रकै आधारमा विभागले रकम फिर्ता दिने गरेको हो। यस वर्ष मात्र विभागले यो संस्थाले दिएकै पत्रको आधारमा चार करोड ९६ लाख नौ हजार फिर्ता दिएको पाइएको छ।

पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को नियम २६ बमोजिम अनुसूची ९ मा तोकिएअनुसार फोहोरमैला व्यवस्थापनका लागि न्यूनतम अमेरिकी डलर पाँच सयदेखि चार हजार धरौटी राख्नुपर्ने व्यवस्था छ। यसरी राखेको धरौटी यो संस्थाले फोहोरमैला व्यवस्थापन गरेको भनी पत्र लेखेका आधारमा २० वर्षयता देखि दुई अर्बभन्दा बढी रकम फिर्ता दिँदै आएको हो।

उक्त संस्थाले प्रचलित आयकर ऐन र नियमावलीअनुसार आयकरमा दर्ता भई आयकर नबुझाएको पाएको भन्दै विभागले उक्त संस्थालाई आधिकारिक निकाय मान्ने कुनै आधार नभएको भन्दै महालेखा परीक्षकको कार्यालयले २०७४ चैत २९ गते राष्ट्रपतिलाई प्रतिवेदन बुझाएको छ। राज्यकोषमा जम्मा भएको रकम कुनै आधारबिना गैरसरकारी संस्थाको सिफारिसमा फिर्ता गर्नु नमिल्ने प्रतिवेदनमा उल्लेख छ।

संस्थाले रकम फिर्ता गर्न पत्र लेख्नेदेखि फोहोरमैला व्यवस्थापन गर्न पर्यटकबाट रकम असुल गर्दै आएको छ। शुल्क असुलीमा विभागले निर्धारण नगरेको र असुल गरेको शुल्क सम्बन्धमा अनुगमन समेत गरेको छैन। विभाग मातहतकै पर्यटन कार्यालय, सगरमाथा राष्ट्रिय निकुन्ज, स्थानीय निकायको कार्यालय नाम्चे बजारमा रहे पनि गैरसरकारी निकायले लेखिदिएको पत्रलाई आधार मान्नु मनासिव नदेखिने महालेखाको भनाइ छ।

खुम्बु क्षेत्र बाहेक अन्य हिमालका लागि निकुन्ज र अन्य सरकारी कार्यालयले दिएको पत्रलाई आधार बनाएर धरौटी रकम फिर्ता दिने गरेको पाइएको छ। विभागले फोहोरलाई नष्ट गर्न सकिने, पुनः प्रशोधन गर्न सकिने र पुनः निकासी गर्नु पर्ने भनेर तीन तहमा विभाजन गरी व्यवस्थापन गर्दै आएको छ। नष्ट हुने फोहोरका लागि यो समितिको सिफारिस र पुनः प्रशोधन गर्नका लागि काठमाडौं महानगरपालिकाको सिफारिसका आधारमा रकम फिर्ता गर्दै विभागको लेखाशाखाले जनायो। यो खबर हामीले आजको अन्नपुर्ण पोष्टबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस