३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साढे ३३ किलो सुन प्रकरण: एकमहिने अनुसन्धान -न सुन भेटियो न गोरे

अ+ अ-

काठमाडौं । ७ माघमा त्रिभुवन विमानस्थलबाट काठमाडौं भित्र्याएर गायब भएको भनिएको साढे ३३ किलो सुन तस्करीका २८ अभियुक्तलाई बुधबार जिल्ला अदालत मोरङमा पेस गरिँदै छ । विभिन्न मितिमा पक्राउ परेका उनीहरूको मुद्दा आजबाट पूर्ण रूपमा अदालत प्रवेश गर्ने भए पनि मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेलाई भने प्रहरीले अहिलेसम्म पत्तो लगाउन सकेको छैन । गायब भएको सुनबारे पनि प्रहरी बेखबर छ।

सुन तस्करी प्रकरण छानबिन गर्न गृह मन्त्रालयबाट गठित सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिको म्यादसमेत आजबाटै सकिँदै छ । उक्त छानबिन समिति एक महिनाका लागि भन्दै २० चैतमा गठन गरिएको थियो । गृह प्रवक्ता रामकृष्ण सुवेदीले महिना दिनको अनुसन्धानपछि समितिले अध्ययन प्रतिवेदन तयार पारेको बताए । समितिकै छानबिनका आधारमा २८ जना पक्राउ परेका हुन् । तर, एकमहिने छानबिनले तस्करीको मुहान भने पहिल्याउन सकेन ।

पक्राउ परेकाविरुद्ध संगठित र ज्यान मुद्दा लगाइएको छ । सुन तस्करीसँगै भरिया सनम शाक्यको हत्यामा संलग्नता ठहर गर्दै उनीहरूविरुद्ध ज्यान मुद्दा लगाइएको हो ।

तर, छानबिन समितिले केही एयरलाइन्समा कार्यरत तल्लो तहका केही कर्मचारी तथा प्रहरीलाई मात्रै निसाना बनाएर कमजोर अनुसन्धान गरेको नेपाल प्रहरीका पूर्वएआइजी तथा विमानस्थल सुरक्षा गार्डका पूर्वप्रमुख विज्ञानराज शर्मा बताउँछन् ।

विमानस्थलबाट यसरी हुन्छ सुन तस्कारीः पूर्वएआइजी विज्ञानराज शर्मा
तस्करले पहिलो चरणमा भन्सार कार्यालयका कर्मचारीसँग सेटिङ मिलाएपछि एयरलाइन्सका कर्मचारीसँग मिलेमतो गर्छन् । तेस्रो लेयरमा उनीहरूको सेटिङ प्रहरीसँग हुन्छ, सँगसँगै अध्यागमनका कर्मचारी र गुप्तचरसँग पनि हुन्छ । विमानस्थलमा खटिएका गुप्तचरसँग भने तस्कर प्रत्यक्ष रूपमा देखिँदैनन् ।

भन्सार र अध्यागमनका कर्मचारीमार्फत सेटिङ मिलाउँछन् । विमानस्थलमा सेटिङअनुसार मान्छे तयार भएपछि मात्रै तस्करले जहाजमार्फत सामान पठाउँछ । प्याक गरिएको लगेजको फोटो पनि खिचेर भाइबर, इमो वा फेसबुकमार्फत् भन्सार र एयरलाइन्सका कर्मचारीलाई पठाउँछ । एयरलाइन्सका कर्मचारीमार्फत् उक्त फोटो सम्बन्धित जहाजको लोडरसम्म पुग्छ । सोही फोटोका आधारमा तस्करीको सामग्री पहिचान हुन्छ । लोडरले अन्य सामानसँगै यो लगेज पनि गाडीमा लोड गर्छ र भन्सार चेकजाँच कक्षमा लैजान्छ ।

भन्सारको चेक जाँच कक्षमा एक्सरे मेसिन हुन्छ । सामान्यतः जहाजबाट आएका सम्पूर्ण सामग्री सोही एक्सरे मेसिनमा एक–एक गर्दै चेकजाँच गरिन्छ र ग्रिन बेल्टमा पढाइन्छ । तर, तस्करले पठाएको सामान सकेसम्म एक्सरे मेसिनमा राखिन्न । राखे पनि चेकजाँच गर्नेले नदेखेझैँ गरिदिन्छ । किनभने तस्करले भन्सारका कर्मचारीमार्फत् उक्त सामग्रीकोे फोटो पहिले नै चेक जाँच गर्ने व्यक्तिसम्म पु¥याइसकेको हुन्छ । यसरी तस्करीका सामान सजिलै ग्रिन बेल्टबाट पास गराइन्छ र केही घन्टामै कलंकी पुग्छ । रातारात विरगन्ज हुँदै भारत पुग्छ ।

साढे ३३ केजी सुन तस्करी प्रकरण र सनम शाक्य हत्या अभियोगमा प्रहरीका पूर्वडिआइजी गोविन्द निरौला, बहालवाला एसपी विकासराज खनाल, डिएसपी सञ्जयबहादुर राउत, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल र जवान सञ्जीव शाक्य पक्राउ परेका छन् । यसैगरी, बालकृष्ण श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, लालबहादुर मगर, पुण्यप्रसाद लामा, कपिलराम गिरी, गोपालकुमार श्रेष्ठ, भुुजुङ गुरुङ, हेमन्त गौतम, सम्बिरप्रसाद तोलांगी, राजु महर्जन, टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, नरेन्द्र कार्की, लाक्पा शेर्पा, महावीरप्रसाद गोल्यान (चाचाजी), राजन थापा, राजेन्द्रकुमार शाक्य, अमरमान डंगोल, तुलाराम थारू, राजन कुमार, माधव घिमिरे (मदनप्रसाद घिमिरे) छन् ।

जो अझै फरार छन्
चूडामणि उप्रेती (गोरे), उनका भाइ रमेश उप्रेती, पत्नी नर्वदा खरेल उप्रेती (निरू), मोहनकुमार अग्रवाल ९एमके०, रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मिया (रुस्तम), भविन राई (बोलाउने नाम भविन तामाङ), कमल कार्की, सन्दीप खड्का, चेतन भण्डारी, सुनील अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दावा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल (उप्रेती), भीमकुमारी खरेल र सुरेन्द्र गौतम । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

प्रतिक्रिया दिनुहोस