३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुस खाए भैरवरूपी शिवले भष्म पार्ने, सन्तान दरसन्तान नाश गर्ने विश्वाससहित सर्वोच्चमा श्रीयन्त्र पुनःस्थापित

अ+ अ-

काठमाडौं । शंख, घण्ट, डमरु बजाउँदै सोमबार बिहान सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशी र मुख्य रजिस्ट्रार राजन भट्टराईसहित ५ जना वटुक मुख्य रजिस्ट्रारको कक्षभित्रबाट श्रीयन्त्र बोकेर निस्किए।

८ जना वटुकले पशुपतिबाट ल्याएको चन्दनको टीका लगाइदिँदै सबैतिर जल छर्किए र स्वस्ती वाचन गरेपछि तामझामसहित सोझै उत्तरपट्टी रहेको पुरानो भवनको भुइँतलाको कोठामा गए। फूल, दुनाटपरी, रंगीबिरंगी लिंगा, अग्राखका समिधा, ध्वजापताका, तोरण, चँदुवा, वरपिपलका पातले भरिएका कलशले सजाएर कोठालाई पूजास्थल बनाइएको थियो।

मण्डपनजिकै बसेर कामु प्रधानन्यायाधीश जोशी र मुख्य रजिस्ट्रार भट्टराईले हात जोडेर चरु होम्दै दिनभर होम र पूजाआराधनामा व्यस्त रहे। धुप, बत्ती बालेर श्रीयन्त्रमा ध्वजा बाँधे। भट्टराई कछाडै बाँधेर गेरु वस्त्रमा दिनभरजसो पूजामा बसे। यता, जोशी भने दौरासुरुवालमा पत्नीसहित मण्डपमा उपस्थित थिए।

यज्ञमा सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र, चोलेन्द्रसमशेर राणा, दीपककुमार कार्की, हरिकृष्ण कार्की, ईश्वर खतिवडा, उच्च र जिल्ला अदालतका न्यायाधीशहरू एवं कर्मचारीसमेत थिए।

बुद्धजयन्तीको बिदाका दिन करिब ८ घण्टा न्याय र शान्तिको कामना गर्दै यज्ञ, होम र श्रीयन्त्रको पूजाआराधना गरिएको थियो। तामा र पित्तलबाट निर्मित पाताको मध्यमा श्री लेखिएको यन्त्रलाई शिवको तेस्रो आँखा मानिन्छ। पशुपतिनाथ मन्दिरमा पनि ‘सत्यम्–शिवम्’ का रूपमा श्रीयन्त्र राखिएको छ।

कामु प्रधानन्यायाधीश जोशीले न्याय जगेर्ना र न्यायपालिकामा विघ्नबाधा नपरोस् भनेर श्रीयन्त्र पुनःस्थापना गर्न लगाएका हुन्। सत्य, न्याय र शान्तिको प्रतीकका रूपमा न्याय क्षेत्रमा यसको महिमा छ। होम र पूजा सकेर सर्वोच्च परिसरभित्रै श्रीयन्त्रको रथजात्रा गरियो। त्यसपछि ज्योतिषीले जुराएको साढे ४ बजेको साइतमा सर्वोच्चको भवनमा अगाडिको आँखीझ्यालको टुप्पोमा श्रीयन्त्र पुनःस्थापित गरियो। तिलक लगाउँदै पञ्चामृत र खिर–रोटी प्रसाद वितरण गरी पूजाआराधना अन्त्य गरियो।

श्रीयन्त्रको इतिहासबारे खोज अनुसन्धान गरेका पूर्वन्यायाधीश प्रकाश वस्तीका अनुसार हनुमानढोका परिसरमा रहेका मल्लकालीन कोटीलिंग र इँटाचपली अदालतमा यो यन्त्र थियो।

२००८ सालमा प्रधानन्यायालय स्थापनापछि पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधानले हनुमानढोकाबाट यन्त्र ल्याएर रानीपोखरीस्थित कार्यालयमा राखेका थिए। ‘राजा त्रिभुवन तन्त्रशास्त्रमा विश्वास गर्ने भएकाले श्रीयन्त्रबारे जानकार थिए।

त्रिभुवनलाई मनाएर प्रधानले प्रधानन्यायालयमा ल्याएको भनाइ छ’, सर्वोच्चका पूर्वन्यायाधीश वस्तीले भने, ‘त्यतिबेला कालो बोको काटेर यन्त्रको प्राणप्रतिष्ठा गरेको इतिहास पाइन्छ।’ प्रधानले शिर झुकाएर यो यन्त्र ढोगेपछि मात्र सर्वोच्चभित्र पस्ने गरेको पनि उनले सुनाए।

रानीपोखरीबाट सर्वोच्च अदालत रामशाह पथमा सरेपछि यो यन्त्र २०१९ सालमा यहीँ ल्याएर राखियो। ०३८ सालमा यन्त्र सर्वोच्चबाट झिकियो। त्यतिबेला नयनबहादुर खत्री प्रधानन्यायाधीश थिए।

लामो समयदेखि अलपत्र यन्त्रको ३६ वर्षपछि पुनःस्थापना गरिएको हो। ‘सर्वोच्चको मर्मतसम्भार गर्ने बेला झ्यालढोका निकाल्दा यन्त्र त्यतिबेला झिकियो। त्यसपछि राखिएन’, वस्तीले भने, ‘अहिलेसम्म थन्क्याएर राखियो। यन्त्र झिकेदेखि नै न्यायालयमा विकृति–विसंगति भएको छ।’

उनका अनुसार यन्त्रलाई साक्षी राखेपछि अनैतिक काम नगर्ने, घुस नखाने, अन्याय नगर्ने र विवेक राखेर न्याय गर्ने विश्वास रहने मान्यता न्यायालयमा थियो।

घुस खाए यन्त्रका भैरवरूपी शिवले भष्म पार्ने, सन्तान दरसन्तान नाश गर्ने विश्वास रहेको जानकारी वस्तीले गराए। तन्त्रमन्त्रद्वारा स्थापित यन्त्रमा अन्तरदृष्टि रहेको मानिने उनले बताए। ‘अन्याय गरे नष्ट गर भनेर यसमा प्रतिकात्मक रूपमा आह्वान गरिएको छ। पुनःस्थापित हुनु राम्रो हो तर अहिले घुस खाए भष्म हुन्छु भनेर कतिले विश्वास गर्नेछन् ’, उनको प्रश्न छ, ‘न्यायको मर्यादा रहेन भने ढोङ मात्र हुन्छ। यन्त्रलाई ढोङमा परिणत नगरौं मेरो आग्रह छ।’ श्रीयन्त्रको चारैतिर तान्त्रिक रूपमा अंकहरू समायोजन गरिएको चक्र छ। यो खबर हामीले आजको अन्नपुर्ण पोष्टबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस