३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओमनमा नेपाली युवतीको अपहरणपछि सामूहिक बलात्कार

अ+ अ-

ओमनको मावेलामा ६ बंगालीद्वारा अपहरणपछि बलात्कृत भएकी एक नेपाली घरेलु कामदारलाई ओमनी प्रहरीले शनिबार उद्धार गरेको छ । प्रहरीले उनलाई निर्माणाधीन घरको शौचालयबाट उद्धार गरेको हो । उनी प्रहरीको संरक्षणमा छिन् ।

शुक्रबार दिउँसो ३ बजे अपहरणमा परेकी बुटवलकी ती पीडितलाई प्रहरीले शनिबार बिहान ३ः३० बजे उद्धार गरेको हो । अपहरणकारी फरार छन् । ‘राम्रो घरमा काम लगाइदिन्छु’ भनी बोलाएर ती युवतीलाई बंगालीहरूले एउटा भवनमा लगेर बलात्कार गरेको पीडितले बताइन् ।

उनका अनुसार बलात्कार घटना सार्वजनिक हुने डरले उनीहरूले हत्या योजनासमेत बनाएका थिए । तर तीमध्ये एक बंगाली हत्याको विपक्षमा उभिएपछि उनीहरूबीच विवाद भएको थियो । त्यही मौकामा आफू भागेर शौचालयमा लुकेको उनले बताइन् ।

‘मलाई त्यत्तिकै छाडिदिए जबर्जस्ती करणी र अपहरणको पोल खुल्ने डरले मारेर नजिकैको पानी ट्यांकीमा फ्याँकिदिने योजना बनाए । एउटा ठूलो बोरा र घन पनि ल्याए । बुर्काले मेरो मुख बन्द गरिदिए,’ उनले सुनाइन्, ‘मलाई बोलाउने बंगाली हत्याको विरुद्धमा उभिएपछि अरूले उसलाई घाँटी थिचेर कुटपिट गर्न थाले । त्यही मौकामा भागेर शौचालयभित्र छिरेर ढोका बन्द गरें र प्रहरीलाई फोन गरें ।’ आफूले फोन गरेको २० मिनेटमै प्रहरी आएर उद्धार गरेको पीडित युवतीले बताइन् । प्रहरी आउँदा उनीहरू भागिसकेका थिए ।

ती युवती १४ महिनाअघि घरेलु कामदारका रूपमा ओमन पुगेकी थिइन् । मालिकनीबाट यातना भोग्दै आएकी उनी तलबसमेत नदिएपछि ८ महिनाअघि घर छाडेर अवैध रूपमा बाहिर काम गर्दै आएकी थिइन् । ‘एउटा बंगाली नागरिकसँग सम्पर्क भएको थियो । उसले राम्रो तलब सुविधासहित राम्रो घरमा काम लगाइदिने आश्वासन दिएर मावेलामा बोलायो ।

घरछेउमा पुगेपछि मालिकनीलाई बोलाउँछु भन्दै घरभित्र गयो । एकछिनमा अर्को बंगालीसहितको टोली आएर नजिकैको नयाँ घरमा लिएर गए । त्यहीँ बन्दी बनाएर जबर्जस्ती गरे,’ उनले भनिन् ।

उनले आफ्नो गुमिसकेको जीवन पुनः पाएकोमा खुसी व्यक्त गरिन् । ओमनस्थित गैरआवासीय नेपाली सामाजिक क्लबका अध्यक्ष दीपक श्रेष्ठका अनुसार मृत्युको मुखबाट जोगिएकी पीडित युवती क्लबको सम्पर्कमा छिन् । प्रहरीले घटनाको छानबिन थालेको छ । ‘अपहरण गर्ने बंगालीलाई खोजी गरी कारबाहीका लागि पहल गर्न नेपाली दूतावासलाई आग्रह गरेका छौं,’ श्रेष्ठले भने । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

प्रतिक्रिया दिनुहोस